+

बच्चाको दिमाग कसरी तेज हुन्छ ?

२०८० असोज  २४ गते १५:३८ २०८० असोज २४ गते १५:३८
बच्चाको दिमाग कसरी तेज हुन्छ ?

मानिसको दिमाग उमेरअनुसार फरक-फरक हुन्छ । यसलाई जीवनशैली, खानपान, शारीरिक एवं मानसिक व्यायामले फरक पार्छ ।

बच्चाहरुको दिमाग जन्मजात  राम्रो हुन्छ ?

कोही पनि बच्चा आमाको पेटबाट नै प्रतिभाशाली भएर आउँदैन । आमाको गर्भमा छँदा बच्चाको शारीरिक र मानसिक विकासमा केही हदसम्म प्रभाव हुन्छ । जस्तो, आमाको खानपान, आनीबानी, जीवनशैलीले गर्भको बच्चामा प्रभाव पारेको हुन्छ । तर गर्भदेखि नै कुनै बच्चा  तेज दिमाग लिएर आउने, कोही कमजोर लिएर आउने भन्ने हुँदैन । आमाको पेटदेखि नै बच्चा प्रतिभाशाली भएर आउने होइन ।

न्युरो विज्ञान अनुसार सबैको दिमाग एउटै हुन्छ । तर पछि उसले अपनाउने जीवनशैली, काम–व्यवहार, अभ्यास–साधनाले दिमागको क्षमता विकास हुने हो । हामी कस्तो ठाउँमा हुर्कन्छौं, कस्तो वातावरण पाउँछौं, कस्तो खानपान गछौं, कस्तो दिनचर्या अपनाउँछौं भन्ने कुराले पनि दिमागको विकासमा प्रभाव पार्छ ।

यसर्थ जो धेरैभन्दा धेरै दिमागको काम गर्छ, अभ्यास–साधना गर्छ उनीहरुको दिमागको क्षमता स्वाभाविक रुपमा बढ्दै जान्छ ।

दिमागको व्यायाम

जसरी हामी शारीरिक व्यायाम गर्छौं, त्यसरी नै दिमागको पनि व्यायाम गर्नुपर्छ । हाम्रो स्मरण शक्ति, सोच्ने र बुझ्ने तरिका, निर्णय र विश्लेषण गर्ने क्षमतामा प्रभाव पार्ने भनेको दिमागको व्यायामले पनि हो ।

सामान्यतया दिमागका नसाहरु आपसमा सम्पर्क गराउन न्युरोन सक्रिय बनाउनु हो । यदि कोही मानिस धेरैजसो सुत्छ, कुनै पनि काममा सक्रिय छैन भने ती मानिसको दिमागको चाल सुस्त हुन्छ । तर यदि कोही मान्छे सक्रिय छ, फूर्तिलो छ, धेरै काम गर्छ, सामाजिक कार्यमा क्रियाशील हुन्छ, खुसी हुन्छ भने मानिसको दिमाग एकदम राम्ररी काम गरिरहेको हुन्छ ।

तनाव, डिप्रेसन र एन्जाइटी छ भने दिमागको चाल कमजोर हुन्छ ।

किताब पढ्नु पनि दिमागको व्यायाम

अहिलेसम्म भएको अनुसन्धानअनुसार किताब पढ्दा दिमागको राम्ररी व्यायाम हुन्छ ।  जो मानिसले धेरै भन्दा धेरै किताब पढ्छ उसको दिमागको चाललाई एकदम राम्रो बनाउँछ । यसबाहेक भिडियो दिमागी खेल खेल्ने, पजल खेल्ने मानिसको दिमागको व्यायाम राम्रो भइरहेको हुन्छ ।

टाउको आकार र दिमागको खेल

मानिसको दिमाग तेज हुनु र नहुनुमा टाउकोको आकारले कुनै फरक पार्दैन । यस्तो हुने हो भने पुरुषको टाउको महिलाको तुलनामा दुई सयदेखि तीन सय ग्रामसम्म बढी हुन्छ । तर के पुरुषहरु तुलनात्मक रुपमा तेज र बढी स्मरण क्षमताका हुन्छन् त ?

दिमाग तेज हुनु र नहुनुमा दिमागको क्रियाकलापमा भर पर्छ । मान्छेले आफ्नो दिमागलाई कति काम लगाएको छ, कसरी लगाएको छ ? सोही अनुसार उनको दिमागको क्षमता बढ्ने हो ।

खानपानको पनि भूमिका

दिमागको क्षमता राम्रो हुनुमा खानपान पनि जोडिएर आउँछ । खासगरी सन्तुलित खानपानले यसमा राम्रो प्रभाव पार्छ । स्वस्थ, सन्तुलित र सुपाच्य खानेकुरा दिमागका लागि पनि जरुरी हुन्छ ।

म यो कुरा किन भनिरहेको छु भने, धुम्रपान, जाँडरक्सी खाने व्यक्ति र साधारण व्यक्तिको दिमाग हेर्ने हो भने आकाश-पातालको फरक हुन्छ । रक्सी पिउने मानिसको दिमागको स्मरण शक्ति, निर्णय गर्ने क्षमता ह्रास वा कमजोर भइसकेको हुन्छ ।

प्रा.डा. राजीव झा
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय