
२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ ।
पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठक ११ बजेदेखि बस्ने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो ।
विधान सम्मेलनको तयारीका लागि केन्द्रीय समिति बैठक बस्ने भए पनि उपाध्यक्ष पम्पा भुसाल नेतृत्वको समितिले तयार पारेको मस्यौदामा भने छलफल हुनेछैन ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकमा नै विधान मस्यौदालाई केन्द्रीय समितिको एजेन्डा नबनाउने बताइ सकेका छन् ।
माओवादीको केन्द्रीय समिति बैठक सोमबारसम्म बस्ने छ । मंगलबारदेखि तीन दिनसम्म माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौँमा सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4