+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मिटरब्याज पीडितलाई सरकारको आग्रह : काठमाडौंमा दुःख पाउनुभन्दा जिप्रकामा जानुस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १६:२६

१५ फागुन, काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार संवेदनशील रहेको बताएकी छन् ।

साथै उनले पीडितहरुलाई काठमाडौंमा आएर दुःख पाउनुको साटो जिल्ला प्रशासनमा जान सुझाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताए ।

यसले ठुलो समस्या समाधान भएको भन्दै उनले भनिन्, ‘पूर्ण रुपमा समाधान भइसक्यो भन्ने होइन । कतिपय कानुनी÷अदालती प्रक्रियामा अड्किएका छन् । कतिपय समाधान गर्न बाँकी पनि छन् ।’

अहिले पनि सरकारले सम्वाद थालिसकेको र सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको भन्दै उनले भनिन्, ‘यहाँ आएर दुःख पाउनुभन्दा सम्वन्धित ठाउँमा जानुपर्छ ।’

२३ दिन पैदल हिँडेर आएका मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?