आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
आईपीओमा कहिलेकाहीं हामीले आवेदन दिई हाले पनि कम्पनीको वित्तीय विवरण र अन्य अवस्थाहरू ठिक नलागेमा आईपीओ आवेदन बन्द हुनु अगावै रद्द गर्नुपर्ने हुनसक्छ । यसरी आईपीओको आवेदन दिइसकेको अवस्थामा रद्द गर्नुपर्यो भने निम्नानुसार गर्न सकिन्छ :
१. बैंक खातामा रकम नराखेर : यदि हामीले आईपीओ रद्द गर्नुपर्नेछ र बैंकले आस्बा प्रणालीबाट हाम्रो आवेदन अनुसारको रकम भेरिफाई गरेर ब्लक गरिसकेको छैन भने हामीले आफ्नो खातामा आवेदनमा आवश्यक रकम भन्दा कम रकम मात्रै बैंक खातामा राखी अन्य पैसा निकालेको खण्डमा बैंकले हाम्रो बैंक खातालाई भेरिफाई गर्दा पैसा कम भएको देखेर हाम्रो आवेदन रिजेक्ट गरिदिन्छ ।
यसका साथै अर्को विधि भनेको बैंकको पैसालाई यथावत् नै राखी हामीले मेरो शेयरमा गई आफ्नो आईपीओको आवेदनलाई इडिट गरेर आफ्नो बैंक खातामा रहेको पैसा भन्दा बढीको आवेदन दिई पुनः एप्लाई गरेको खण्डमा समेत बैंकले आवेदन अनुसारको पैसा बैंक खातामा नदेखिई आईपीओ एप्लिकेशन रद्द गर्न सक्छ ।
२. आवेदकले आफ्नो एउटा हितग्राही खाताबाट आवेदन दिएर सो आवेदन भेरिफाई भइसकेको अवस्थामा पुनः अर्को डिम्याट खाताको मेरो शेयरबाट सोही आईपीओमा आवेदन दिएको खण्डमा दोहोरो आवेदनका कारण दुईवटै आवेदन रद्द हुन्छ ।
आईपीओ आवेदन परिवर्तन
आईपीओमा मेरो शेयरमार्फत आवेदन भरिन्छ । आवेदन परिवर्तन गर्नुपरेमा मेरो शेयर लगइन गर्नुपर्छ ।
- सर्वप्रथम मेरो शेयर लगइन गर्नुहोस् ।
- मेरो शेयरको लगइन पछि, My ASBA मेनुमा जानुहोस् । त्यसपछि Application Report मा जानुहोस् ।

- आवेदन परिवर्तन गर्नुपर्ने कम्पनीको Report मा जानुहोस् ।

- Edit मा जानुहोस् ।

- Edit मा गइसकेपछि तपाईंहरूले आवेदनमा परिवर्तन गर्न सक्नुहुनेछ । तपाईंले आवेदन परिवर्तन गर्न खोजेको आईपीओ Verify भइसकेको छ भने तपाईंले आफ्नो बैंकको शाखामा सम्पर्क गर्नुपर्छ ।
आईपीओ आवेदन रद्द
माथिको प्रक्रियाबाट तपाईंले आवेदन परिवर्तन गर्न सक्नुहुन्छ तर रद्द भने हुँदैन । रद्द गर्नको लागि तपाईंले केही सतर्कता अपनाउनुपर्ने हुन्छ । जस्तै : आवेदनलाई परिवर्तन गरेर बैंक खातामा भएको रकमको भन्दा बढी रकमको आवेदन दिने र यसो गर्दा तपाईंको बैंक खातामा पैसाको अभाव हुन्छ र आवेदन स्वतः रद्द हुन्छ । यदि खातामा प्रशस्त रकम छ र त्यो सम्भव छैन भने तपाईंले आफ्नो खातामा भएको रकमलाई स्थानान्तरण गर्नु अर्को उपाय हुनेछ । यसरी गरिएको फेरबदल पछि तपाईंको आवेदन Reject हुन्छ कारण Insufficient Balance

माथि उल्लिखित उपायहरू तपाईंको आवेदन Verify हुनुभन्दा अगाडि गर्नुपर्ने हुन्छ अन्यथा यो उपाय काम लाग्दैन । आवेदन Verify भइसकेको छ भने आवेदन रद्द गर्नका लागि तपाईंको बैंकलाई सम्पर्क गर्नुपर्ने छ र बैंक तथा वित्तीय संस्थाहरूको नियमानुसार आवश्यक कागजात जम्मा गर्नुपर्ने हुनसक्छ ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई...
आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।