बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओको निष्काशन गर्ने गरिन्छ । यो विधि अन्तर्गत निष्काशन गर्ने कम्पनीले आफ्नो कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्छन् । यसरी बिक्री गर्ने क्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूले आवेदन दिएको मूल्य र शेयर संख्यालाई माथिल्लो मूल्यबाट बाँडफाँट गर्दै आउँदा जुन मूल्यमा सबै ४० प्रतिशत शेयर बिक्री हुन्छ त्यसलाई कट अफ मूल्य घोषणा गर्छ र यसरी कट मूल्यभन्दा माथिको मूल्यमा आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूले माग आवेदन अनुसारको शेयर कट अफ मूल्यमा प्राप्त गर्छन् । यसपछि बाँकी रहेको ६० प्रतिशत शेयरलाई माथिको विधि अनुसार कट अफ भएको मूल्यबाट १० प्रतिशत छुट दिई सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्छन् । यस बुक बिल्डिङ विधिबाट निष्काशन भएको शेयर खरिद आवेदन दिंदा पनि माथिको प्रिमियम निष्काशन विधि झैं चुक्ता मूल्यमा थप मूल्य भुक्तान गरेर आवेदन दिनुपर्ने हुन्छ ।
बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्काशनका लागि निम्नानुसारको प्रक्रिया रहेको हुन्छ ।
१. बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्न चाहने कम्पनीले स्वयंले निम्नानुसारको शर्त पूरा गरेको हुनुपर्छ ।
- यसरी निष्काशन गर्न चाहने कम्पनी विगत तीन आर्थिक वर्षदेखि लगातार खुद नाफामा सञ्चालनमा रहेको हुनुपर्छ ।
- कम्पनीको साधारण सभाले बुक बिल्डिङ विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्छ ।
- कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तीमा १५० प्रतिशत रहेको हुनुपर्छ ।
- कम्पनीले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको अर्थात् कम्तीमा पनि BBB- वा सोभन्दा माथिको रेटिङ पाएको हुनुपर्छ ।
माथिको योग्यता पुगेको कम्पनीले बुक बिल्डिङ विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गरेको हुनुपर्नेछ ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गरेको खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्ने व्यवस्था गरेको हुनुपर्छ ।
२. यस विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने कम्पनीले सबैभन्दा पहिले बिक्री प्रबन्धक कम्पनीलाई निष्काशन तथा बिक्री प्रबन्ध कार्यको लागि सम्झौता गर्नुपर्ने हुन्छ ।
३. यसपछि कम्पनीले स्वचालित विद्युतीय प्रणाली मार्फत बुक बिल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धमा धितोपत्र बजार अर्थात् हालको अवस्थामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग सम्झौता गर्नुपर्ने हुन्छ ।
४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ विधि मार्फत निष्काशन गर्न चाहने कम्पनीको प्रति शेयर बिक्री मूल्य निर्धारण गर्दा देहाय बमोजिम हुने गरी मूल्य निर्धारण गरेको हुनुपर्नेछ ।
- यस विधिबाट निष्काशन गर्न चाहने कम्पनीले बिक्री प्रबन्धक कम्पनीको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ ।
- कम्पनीले बिक्री प्रबन्धक कम्पनीको सहयोगमा तयार गरिएको प्रारम्भिक विवरणपत्र उपर धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूबीच छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस कार्यक्रमलाई रोड शो पनि भनिन्छ ।
- छलफल कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले नेपाल स्टक एक्सचेन्जको स्वचालित विद्युतीय प्रणाली मार्फतबाट योग्य संस्थागत लगानीकर्ताहरूसँग बुक बिल्डिङमा सहभागिताका लागि निज योग्य संस्थागत लगानीकर्ताहरूले खरिद गर्न चाहेको न्यूनतम शेयर संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्छन् ।
- योग्य संस्थागत लगानीकर्ताहरूले छलफल कार्यक्रम वा रोड शो कार्यक्रम सकिएको पाँच कार्यदिनभित्र लिखित रूपमा खरिद गर्न चाहेको न्यूनतम शेयर संख्या, आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रमा आफ्नो सुझाव पेश गर्न सक्नेछन् ।
- यसरी आशय मूल्य लिंदा कम्तीमा पनि १० वटा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय पत्र प्राप्त गरेको हुनुपर्छ ।
- यसरी प्राप्त आशय पत्रको आधारमा माथिल्लो आशय मूल्यमा माग भएको शेयर संख्या बमोजिम बाँडफाँट गर्दै तलको मूल्यतर्फ आउँदा जुन मूल्यमा योग्य संस्थागत लगानीकर्ताहरूलाई छु्ट्याइएको शेयर संख्या बिक्री हुने देखिन्छ सो मूल्यलाई कट अफ मूल्य मानिन्छ र सो कट अफ मूल्यलाई आधार मूल्य मानिन्छ ।
- यसपछि सो आधार मूल्यबाट २० प्रतिशत माथि र २० प्रतिशत तलको मूल्यलाई लिएर योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री गरिने धितोपत्रको मूल्य सीमा निर्धारण गरिन्छ ।
५. यसरी मूल्यको सीमा निर्धारण भइसकेपछि बिक्री प्रबन्धकले बिक्री गरिने शेयरको मूल्य सीमा निर्धारण गरेर बुक बिल्डिङ विधिबाट निष्काशनका लागि धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गराउनुपर्छ ।
६. बुक बिल्डिङ विधिबाट निष्काशन गरिने शेयरको प्रत्याभूति गराउनुपर्छ । प्रत्याभूति गराउँदा योग्य संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको बाहेकको शेयरको प्रत्याभूति गराउनुपर्छ ।
७. यसरी निष्काशनका लागि निवेदन प्राप्त गरेपछि धितोपत्र बोर्डबाट कम्पनीको विवरण पत्र र अन्य कागजपत्र उपर छानबिन गरी उपर्युक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्छ ।
८. यसरी अनुमति प्राप्त भएपछि कम्पनीले स्वीकृति पाएको बढीमा १० कार्यदिन भित्रमा निष्काशन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्ताहरूको लागि शेयर निष्काशन गरेर बोल–कबोलमा सहभागी हुन आह्वान गर्नुपर्छ । यसरी आह्वान गरेको ७ कार्यदिनपछि बोल–कबोलमा भाग लिन सक्ने व्यवस्था गरिएको हुन्छ ।
९. बोल–कबोलमा भाग लिन पाउने अवधि ४ कार्यदिनसम्म व्यवस्था गरिएको हुन्छ ।
१०. योग्य संस्थागत लगानीकर्ताहरूले बिक्री मूल्य सीमाभित्र आफूले लिन चाहेको शेयर संख्या र मूल्य सहित स्वचालित विद्युतीय प्रणालीबाट बोल–कबोलमा भाग लिन सक्छन् । यसरी बोल–कबोलमा भाग लिंदा योग्य संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको कुल निष्काशित शेयरको २० प्रतिशत भन्दा बढी धितोपत्रको लागि बोल–कबोल गर्न पाइँदैन ।
११. योग्य संस्थागत लगानीकर्ताहरूबाट बोल–कबोल प्राप्त भइसकेपछि बोल–कबोल अवधि बन्द भएको भोलिपल्ट बिक्री मूल्य सीमाभित्र रहेर बोल–कबोलमा भाग लिने योग्य संस्थागत लगानीकर्ताहरूमध्ये सबैभन्दा माथिको मूल्यबाट माग गरिएको शेयर बाँडफाँट गर्दै तलतिर आउनुपर्छ । तल आउँदा जुन न्यूनतम मूल्यमा आएर सबै निष्काशित शेयर बाँडफाँट भइसक्छ सो मूल्यलाई कट अफ मूल्य घोषणा गरिन्छ । र यसरी आएको कट अफ मूल्यभन्दा माथि आवेदन दिने सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई शेयर बाँडफाँट गरिन्छ ।
१२. योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँट गरिसकिएपछि कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताहरूको लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य गरिन्छ ।
१३. बुक बिल्डिङ विधिबाट निष्काशन भएको शेयरमा आवेदन दिंदा सर्वसाधारणले न्यूनतम ५० कित्ता शेयरको लागि आवेदन दिनुपर्छ भने बाँडफाँट गर्दा समेत प्रति आवेदक ५० कित्ता हुने गरी शेयर बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्छ ।
घ. अन्य विधि :
उपरोक्त माथिका विधिहरू बाहेक बिक्री प्रस्ताव मार्फत समेत धितोपत्रको निष्काशन गर्न पाउने व्यवस्था धितोपत्र बोर्डले गरेको छ । यसरी बिक्री प्रस्ताव मार्फत धितोपत्र निष्काशन गर्दा सूचीकृत कम्पनीको हकमा चुक्ता पूँजीको न्यूनतम १ प्रतिशत शेयर ग्रहण गरेका लगानीकर्ताहरूले बिक्री प्रस्ताव पेश गरी सार्वजनिक रूपमा शेयर बिक्री गर्न चाहेको खण्डमा धितोपत्र बोर्डको स्वीकृति लिई शेयर बिक्री गर्न सक्नेछ ।
तर यदि निष्काशन गर्न चाहने कम्पनी सूचीकृत नभएको खण्डमा त्यस्ता कम्पनीका शेयरधनीले आफूले ग्रहण गरेको कम्पनीको शेयर चुक्ता पूँजीको दश प्रतिशत भन्दा कम नहुने गरी बोर्डको स्वीकृतिमा सार्वजनिक रूपमा बिक्री प्रस्ताव प्रकाशन गरी बिक्री गर्न सक्नेछ । यसरी यस विधिबाट नेपाल टेलिकमको शेयर नेपाल सरकारले लिलाम बढाबढ विधिबाट सर्वसाधारणमा बिक्री गरेको थियो ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओ र एफपीओमा अन्तर
आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।