+

आईपीओ

२३ च्याप्टर
Chapter - 16

फेस भ्यालु भनेको के हो ?

२०८० चैत  १६ गते १४:२७ २०८० चैत १६ गते १४:२७

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले तोकेको हुन्छ । पहिले पहिले धितोपत्र (शेयर वा ऋणपत्र) को कागजी प्रमाणपत्रमै यस्तो मूल्य लेखिएको हुन्थ्यो ।

आईपीओेमा कम्पनीले अंकित मूल्यमै धितोपत्र जारी गर्छन् भन्नुको अर्थ प्रति एकाई धितोपत्रको मूल्य जति हो त्यतिमै लगानीकर्ताले खरिद गर्ने अवसर पाउँछन् भन्ने हो ।

मानौं, एक लगानीकर्ताले एबीसी लिमिटेड कम्पनीको आईपीओे १० कित्ता शेयर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा खरिद गरिरहेको छ । यसको मतलब उसको कुल लगानी १००० रुपैयाँ भएको छ । तर, स्टक एक्सचेन्जमा सूचीकृत भएपछि, प्रत्येक शेयरको मूल्य लगानीकर्ताको माग र आपूर्तिको आधारमा तल–माथि गर्छ । उसको शेयर बढेर ११० वा  १२० मा कारोबार हुन सक्छ भने घटेर ९० वा ८० मा पनि आउन सक्छ । बढ्यो भने उसलाई फाइदा हुन्छ, घट्यो भने घाटा ।

अन्तर्राष्ट्रिय बजारमा अंकित मूल्यमा घटाएर वा बढाएर आईपीओ गर्ने चलन छ । अंकित मूल्यमा थपेर शेयर जारी गर्नेलाई प्रिमियममा निष्काशन भनिन्छ भने अंकित मूल्यमा घटाएर जारी गर्नेलाई डिस्काउन्टमा निष्काशन भनिन्छ ।

अंकित मूल्यमा शेयर कसरी बेचिन्छ ?

स्टक एक्सचेन्जमा अंकित मूल्यभन्दा बढी वा घटीमा शेयरको कारोबार हुनसक्छ । स्टक एक्सचेन्जमा सूचीकृत भएपछि अंकित मूल्य वा आईपीओे मूल्यबाट नाटकीय रूपमा कम्पनीको शेयर मूल्य परिवर्तन भएका थुप्रै उदाहरण छन् । तपाईंले प्रत्येक शेयरको लागि कति रकम खर्च गर्नुहुन्छ भनेर जान्न स्टक किन्नु अघि बजार मूल्यसँग जाँच गर्नुपर्छ ।

सबै शेयर अंकित मूल्यमै जारी हुन्छ भन्ने छैन । दोस्रो बजारमा शेयरको कारोबार अंकित मूल्य वा जारी मूल्यमै हुनुपर्छ भन्ने पनि होइन । स्टक एक्सचेन्जहरूमा शेयरको मूल्य आपूर्ति र मागसँगै दैनिक रूपमा अझ छिनछिनमा परिवर्तन हुनसक्छ । लगानीकर्ताको चासो, कम्पनीको वृद्धि सम्भावना, समग्र बजार र अर्थतन्त्रको स्थिति लगायतले शेयरको माग र आपूर्ति तथा मूल्यमा प्रभाव पार्छ ।

आईपीओेको अंकित मूल्यको गणना

कुनै कम्पनीको पूँजी १ करोड छ र यसलाई १ लाख कित्ता शेयरमा विभाजन गरियो भने एक कित्ता शेयरको मूल्य १०० रुपैयाँ हुन आउँछ । यसैलाई अंकित मूल्य भनिन्छ । तर कम्पनीको वित्तीय अवस्था बलियो छ, शेयरधनी कोषमा पर्याप्त मौज्दात छ भने अंकित भन्दा बढी मूल्यमा लगानीकर्तालाई शेयर बिक्री गर्न सक्छ ।

यस अर्थमा अंकित मूल्यलाई एक सैद्धान्तिक मूल्य पनि मान्न सकिन्छ । यो मूल्यलाई कानूनी र लेखा प्रयोजनमा उपयोग गरिन्छ ।

कम्पनीले धेरै लगानीकर्तालाई सहभागी गराउन खोज्यो भने थोरै कम मूल्यमा शेयर जारी गर्न सक्छ ।  कम राख्न चाहन्छ । तर सामान्यतया कम्पनीको जोड बढी पूँजी संकलन गर्ने हुन्छ । त्यसैले सम्भव भएसम्म उच्च मूल्यमा शेयर बिक्री गर्न खोज्छन् ।

दीर्घकालीन लगानीमा रुचि राख्ने लगानीकर्ताको लागि अंकित मूल्य महत्वपूर्ण पक्ष होइन । यद्यपि कम्पनीले प्रदान गर्ने लाभांशको हिसाब अंकित मूल्य (चुक्ता मूल्य) गरिने, त्यस्तो लाभांशलाई बजार मूल्यसँग तुलना गरिने हुँदा अंकित मूल्यलाई पूरै बेवास्ता गर्न सकिंदैन । मानौं एबीसी कम्पनीको शेयरको अंकित मूल्य १०० रुपैयाँ छ, अर्को कम्पनीको ५० रुपैयाँ छ । दुवै कम्पनीले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरे भने पहिलो कम्पनीको लगानीकर्ताले १० रुपैयाँ पाउँछ भने दोस्रोको लगानीकर्ताले ५ रुपैयाँ मात्र ।

धेरै पढिएका

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?

प्रारम्भिक (प्राथमिक) सार्वजनिक प्रस्ताव (निष्काशन) को अंग्रेजी रूप Initial Public Offering लाई छोटकरीमा IPO (आईपीओ) भनिन्छ ।

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

0 %

पढिसक्नुभयो !