+

आईपीओ

२३ च्याप्टर
Chapter - 9

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

२०८० चैत  १५ गते १९:४२ २०८० चैत १५ गते १९:४२

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र (prospectus) हो । यसमा कम्पनीको व्यवसाय, वित्तीय अवस्था र कम्पनीमा लगानी गर्दा हुने जोखिमहरू बारे विस्तृत जानकारी समावेश गरिएको हुन्छ । विवरणपत्र लगानीकर्तालाई लगानी गर्ने÷नगर्ने निर्णय लिनका लागि मद्दत होस् भनेर तयार पारिएको हुन्छ ।

विवरण पत्रले कम्पनीको व्यापार मोडेल, वित्तीय अवस्था, व्यवस्थापन पक्ष र जोखिमका तत्व बारे जानकारी दिने गर्छ । विवरणपत्रलाई सामान्यतया निम्न खण्डमा विभाजन गरिएको हुन्छः

कम्पनीको सामान्य परिचय : विवरणपत्रमा लगानीकर्ताहरूलाई आईपीओ मार्फत सार्वजनिक हुने कम्पनीको सामान्य परिचय दिइएको हुन्छ । जसमा कम्पनीको उद्देश्य, कम्पनीले कस्ता क्षेत्रमा लगानी गर्छ, लगानीबाट कसरी लगानीकर्ताले प्रतिफल पाउँछन् भन्ने जानकारी राखिएको हुन्छ ।

वित्तीय विवरण : यस खण्डमा कम्पनीको विगत तीन वर्षको लेखा परीक्षण गरिएको वित्तीय विवरणका साथै आगामी तीन वर्षको वित्तीय प्रक्षेपण पनि राखिएको हुन्छ ।

जोखिम कारकहरू : यस खण्डले कम्पनीमा लगानीसँग सम्बन्धित जोखिमको पहिचान र छलफल गर्छ।

क्रेडिट रेटिङ : यस खण्डले कम्पनीको क्रेडिट रेटिङ सम्बन्धी जानकारी प्रदान गर्छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक : कम्पनीले बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको कम्पनीको जानकारी ।

निष्काशन पछिको चुक्ता पूँजी : कम्पनीले आईपीओ जारी गरेपछिको पूँजीको विवरण ।

व्यवस्थापन टोली : यस खण्डले कम्पनीको व्यवस्थापन टोलीको बारेमा जानकारी प्रदान गर्छ, उनीहरूको अनुभव र योग्यताहरू सहित ।

आयको उपयोग : यस खण्डमा कम्पनीले आईपीओबाट प्राप्त आम्दानी कसरी प्रयोग गर्ने योजना बनाएको छ भनी जानकारी दिइएको हुन्छ ।

विवरणपत्र पढ्दा कम्पनीको व्यापार मोडेल र प्रतिस्पर्धी क्षमता बुझ्नुपर्छ । कम्पनीको वित्तीय विवरण र जोखिम कारकहरू ध्यानपूर्वक समीक्षा गर्नुपर्छ । कम्पनीको व्यवस्थापन पक्ष र आईपीओबाट प्राप्त आम्दानी केमा कसरी प्रयोग गर्ने योजना छ भन्ने बुझ्नु पनि महत्वपूर्ण हुन्छ ।

आर्थिक अवस्था : आर्थिक अवस्था बुझ्नको लागि वासलात र नाफा–नोक्सान विवरण हेर्नुपर्छ ।

वृद्धि सम्भावना : के कम्पनी द्रुत गतिमा बढ्दैछ ? कम्पनीको वृद्धि बुझ्नका लागि पूँजी, नाफा, सञ्चित कोष बढेको र ऋण घटेको हुनुपर्छ ।

व्यवस्थापन पक्ष : के कम्पनीका कार्यकारीहरूसँग आवश्यक अनुभव र योग्यता छ ?

जोखिम कारक : कम्पनीमा लगानीसँग सम्बन्धित जोखिमहरू के के छन् ?

आम्दानीको उपयोग : कम्पनीले आईपीओबाट प्राप्त आम्दानी कसरी प्रयोग गर्ने योजना बनाएको छ ?

विवरणपत्रको नमूनाको लागि यो https://www.hathwaynepal.com.np/wp-content/uploads/2023/07/Prospectus_Hathway-Investment-Nepal-Ltd_for-Foreign-Employment.pdf लिङ्कमा जानुहोस् ।

 

 

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

आईपीओ

आईपीओ र एफपीओमा अन्तर

आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।

0 %

पढिसक्नुभयो !