+

आईपीओ

२३ च्याप्टर
Chapter - 11

कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?

२०८० चैत  १५ गते १९:५१ २०८० चैत १५ गते १९:५१

कम्पनीको संस्थापक शेयरमा लगानी जुनसुकै बखत सम्भव हुन्छ । नियमकबाट इजाजत लिएर सञ्चालनमा रहेका कम्पनीहरूको हकमा नियामक निकायले तोकिदिएको नियम अनुसार लगानी गर्न सक्ने वा नसक्ने अवस्था हुन्छ । अन्य कम्पनीको हकमा लगानीकर्ताले कम्पनीको आईपीओ अगाडि वा पछाडि चाहेको खण्डमा लगानी गर्न सक्छन् ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले शेयर निष्काशनको विभिन्न विधिमध्ये परिपत्र विधिको समेत परिकल्पना गरेको छ । परिपत्र विधिबाट निष्काशन गरिने शेयरमा लगानीकर्ताले कम्पनीको प्रस्ताव अनुसार लगानी गर्न सक्छन् । कम्पनीले व्यवसाय विस्तार गर्न वा अन्य वित्तीय आवश्यकता पूरा गर्न एकैपटक ५० जना वा सोभन्दा धेरै लगानीकर्तालाई लगानीका लागि आह्वान गर्न सक्छ । यो प्रक्रियामा प्रत्यक्ष भेला गर्ने, फोन, इमेल जस्ता माध्यमबाट सम्भावित लगानीकर्तालाई कम्पनीले सम्पर्क गर्न सक्छ । कम्पनीले यसरी परिपत्र विधिबाट शेयर निष्काशन गर्दैछ भन्ने जानकारी पाएको अवस्थामा बिक्री प्रस्तावमा राखिएको विवरणहरू हेरेर तपाईंले पनि लगानी गर्न सक्नुहुन्छ ।

सामान्यतया कम्पनीले मर्चेन्ट बैंकरलाई परिपत्र विधिबाट शेयर निष्काशन गर्नका लागि ‘इक्विटी प्लेसमेन्ट’को जिम्मेवारी दिएका हुन्छन् । यसरी संस्थापक शेयर बिक्री गर्ने प्रस्ताव मर्चेन्ट बैंकरहरूबाट आएको खण्डमा हामीले त्यस्ता कम्पनीको बारेमा अध्ययन गरी पछिल्ला वर्षहरूका आर्थिक प्रतिवेदन तथा भविष्यका व्यावसायिक योजनाहरूको बारेमा बुझेर लगानी गर्दा नाफा हुने देखिएको खण्डमा आईपीओ आउनु अगाडि नै लगानी गर्न सक्छौं ।

परिपत्र विधिबाट वा इक्विटी प्लेसमेन्ट विधिबाट निष्काशित शेयरमा लगानी गर्दैगर्दा थाहा पाउनुपर्ने मुख्य जानकारी भनेको यस्तो कम्पनीले कहिले आईपीओ गर्ने योजना बनाएको छ र यस्तो कम्पनीको संस्थापक शेयरलाई कति वर्षमा सर्वसाधारण सरह बिक्री गर्न पाइन्छ भन्ने हो ।

हिजोआज विभिन्न उत्पादनमूलक, हाइड्रोपावर, कृषि, केबलकार तथा सेवा क्षेत्रका कम्पनीले आफ्नो कम्पनीको संस्थापक शेयरलाई परिपत्र विधिबाट बिक्री गरेको देख्न पाइन्छ । यसरी परिपत्र विधिबाट निष्काशित कम्पनीहरूको संस्थापक शेयरमा लगानी गर्दा सजग भई पूर्ण रूपमा वित्तीय विवरण र आगामी दिनको व्यावसायिक योजनाको बारेमा बुझेर लगानी गर्नुपर्छ ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?            

आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई...

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

0 %

पढिसक्नुभयो !