+

आईपीओ

२३ च्याप्टर
Chapter - 18

एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?

२०८० चैत  १६ गते १७:१४ २०८० चैत १६ गते १७:१४

साना र मध्यम आकारको कम्पनीहरूको शेयर कारोबार गरिने अलग्गै बजार SME Platform हो । यसमा साना र मध्यम आकारका कम्पनीहरूको प्राथमिक र दोस्रो बजार कारोबार दुवै हुनसक्छ । नेपालमा पनि एक अलग्गै SME Platform बनाएर २५ करोड भन्दा कम चुक्ता पूँजी भएका कम्पनीको शेयरलाई कारोबार गराउने चर्चा छ ।

यो साना तथा मझौला आकार तथा सानो पूँजी भएका कम्पनीहरूलाई स्टक एक्सचेन्जको मेन बोर्डमा सूचीकृत हुनुअघि कारोबारमा ल्याउने तथा संस्थागत सुशासन परिपालना गर्ने/गराउने प्रारम्भिक प्लेटफर्म हो ।

SME Platform को प्रमुख विशेषता

१. लक्षित लगानीकर्ता : SME Platform हरू मुख्यतया साना र मध्यम आकारका कम्पनीहरूका लागि अपेक्षाकृत कम बजार पूँजीकरण भएका कम्पनीहरूका लागि हो । यसमा जोखिम वहन गर्ने क्षमता भएका र उच्च प्रतिफलको आकांक्षा राख्ने लगानीकर्ता सहभागी हुन्छन् ।

२.सरल नियमन : SME Platform मा आउने कम्पनीहरूलाई सरल नियमन लागू हुन्छ । यसले कम्पनीहरूको लागत र प्रशासनिक भार कम गर्छ ।

३. कम शुल्क : स्टक एक्सचेन्जहरूले सामान्यतया SME लाई प्रोत्साहित गर्नका लागि कम सूचीकरण शुल्क लिन्छन् ।

४. अलग प्लेटफर्म : केही स्टक एक्सचेन्जहरूले SME को लागि अलग्गै प्लेटफर्म व्यस्था गरेका छन् । भारतमा SME Exchange -SMEX_, बेलायतमा AIM Platform, पाकिस्तान स्टक एक्सचेन्जको SME Platform यसका केही उदाहरण हुन् ।

५. योग्यता मापदण्ड : SME Platform मा रुचि राख्ने कम्पनीले निश्चित मापदण्ड पूरा गर्नुपर्छ । यसमा न्यूनतम सञ्चालन ट्रयाक रेकर्ड, नाफा र नेटवर्थ जस्ता शर्तहरू हुनसक्छन् ।

६. आम्दानीको प्रयोग : SME Platform मार्फत उठाइएको पूँजी सामान्यतया व्यवसाय विस्तार, वर्किङ क्यापिटलमा प्रयोग गर्ने तथा बैंक ऋण घटाउनेसहित विभिन्न उद्देश्यका लागि प्रयोग हुन्छ ।

SME Platform मा भाग लिने लगानीकर्ताहरूले राम्रोसँग उचित लगनशीलताका साथ कारोबार गर्दा सावधानी अपनाउनुपर्छ । किनकि साना कम्पनीहरूमा लगानी गर्दा राम्रोसँग स्थापित ठूला कम्पनीहरूको तुलनामा उच्च जोखिम हुनसक्छ ।

लगानीकर्ताले ध्यान दिनुपर्ने मुख्य विषय :

१. कम्पनी र व्यापार व्यवसाय : शेयर जारी गर्न लागेको एसएमईको बारेमा राम्ररी बुझ्नुहोस । यसको व्यापार मोडेल, उत्पादन वा सेवाहरू, प्रतिस्पर्धी क्षमता र वृद्धि सम्भावना केलाउनुहोस् । विस्तृत जानकारीको लागि उसको प्रोस्पेक्टस (विवरणपत्र) को समीक्षा गर्नुहोस् ।

२. कम्पनीको वित्तीय प्रतिवेदन : एसएमईको आम्दानी, नाफा र नगद प्रवाह सहितको वित्तीय विवरणहरू जाँच गर्नुहोस् । विगतको वित्तीय अवस्थालाई हेर्नुहोस् । यसबाट दिगो आम्दानी तथा नाफा गर्न सक्छ कि सक्दैन मूल्यांकन गर्न सकिन्छ ।

३. व्यवस्थापन टोली : एसएमईको व्यवस्थापन टोलीको अनुभव र ट्र्याक रेकर्ड हेर्नुहोस् । एसएमईको सफलताका लागि बलियो नेतृत्व महत्वपूर्ण हुन्छ ।

४. आम्दानीको प्रयोग : एसएमईले आईपीओे मार्फत उठेको रकम के कसरी प्रयोग गर्न खोजिरहेको छ ? यस बारेमा बुझ्नुहोस् ।

५. नियामक अनुपालन : एसएमईले नियामकले तोकेको सबै नियामकीय आवश्यकताहरूको पालना गरेको नगरेको हेर्नुपर्छ ।

६. सञ्चालन इतिहास : कम्पनीको कार्यसम्पादन मूल्यांकन गरेर उसको आम्दानी, नाफा र उसको क्षेत्रमा वृद्धि भएको वा नभएको विगतको ट्र्याक रेकर्ड ध्यान दिएर हेर्नुहोस् ।

७. जोखिम र चुनौती : एसएमईले सामना गर्नुपर्ने सम्भावित जोखिम (नियामकीय प्रावधान, प्रतिस्पर्धा, प्राकृतिक विपत्ति, प्रतिकूल बजार) र चुनौती बुझ्नुहोस् ।

८. मूल्यांकन : कम्पनीको वित्तीय मेट्रिक्स, उद्योग बेन्चमार्कहरू र बजारमा उस्तै प्रकृतिका अन्य कम्पनीसँग तुलना गर्नुहोस् ।

९. संस्थागत सुशासन : बोर्ड संरचना, पारदर्शिता, र शेयरधनीका अधिकार सहित कम्पनीको संस्थागत सुशासनका अभ्यासहरूको समीक्षा गर्नुहोस् । लगानीकर्ताको सुरक्षाका लागि बलियो संस्थागत सुशासन आवश्यक रहन्छ ।

१०.लक–इन अवधि : लक–इन अवधि बारे सचेत रहनुहोस् । यसले कतिपय लगानीकर्तालाई आईपीओे पछि तुरुन्तै शेयर बेच्नबाट रोक्छ । लक–इन म्याद समाप्तिपछि शेयरको आपूर्ति बढेर मूल्य घट्न सक्छ ।

११.विविधीकरण : एसएमई प्लेटफर्मलाई लगानी विविधीकरण गर्न सकिने एउटा अवसरका रूपमा प्रयोग गर्नुहोस् । विविधीकरणले लगानीको जोखिम कम गर्न मद्दत गर्छ ।

१२. दीर्घकालीन सोच : सम्भावित अस्थिरता र कम्पनीको वृद्धिको गतिका कारण SME लाई लामो लगानी समय आवश्यक पर्न सक्छ । त्यसैले छोटो अवधिमै नाफा कमाउने उद्देश्यले लगानी नगर्नुहोस् ।

SME Platform मा कारोबार गर्नुअघि लगानीकर्ताले गहन अनुसन्धान गर्नु र सम्भावित प्रतिफल तथा जोखिम बारे बुझ्नु आवश्यक हुन्छ । एसएमई प्लेटफर्ममा कारोबार हुनै सबै कम्पनी एक समान हुँदैनन् । प्लेटफर्मका कम्पनी परिपक्व हुन लामो समय लाग्न सक्छ । त्यसैले दीर्घकालीन सोच सहित लगानी गर्नुपर्छ ।

धेरै पढिएका

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?

प्रारम्भिक (प्राथमिक) सार्वजनिक प्रस्ताव (निष्काशन) को अंग्रेजी रूप Initial Public Offering लाई छोटकरीमा IPO (आईपीओ) भनिन्छ ।

0 %

पढिसक्नुभयो !