+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 2

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

२०८० चैत  १९ गते १४:३१ २०८० चैत १९ गते १४:३१

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual Fund) । यिनीहरूको चर्चा निम्नानुसार गरिएको छ ।

Open Ended म्युचुअल फन्ड भनेको के हो ?

Open Ended म्युचुअल फन्डहरूमा निष्कासन गरिएका शेयरहरूको संख्यामा कुनै सीमा हुँदैन– मागका आधारमा खरिद–बिक्री गरिन्छ । लगानीकर्ताले Open Ended म्युचुअल फन्डको शेयर खरिद गरेपछि कोष व्यवस्थापकलाई बिक्री गर्छन् । रिडेम्पसनको बेलामा कोषले लगानीकर्तालाई उक्त शेयरमा भएको लगानीको बदलामा रकम भुक्तानी गर्छ ।

सामान्यतया प्रत्येक कारोबार दिनको अन्त्यमा प्रति शेयरखुद सम्पत्ति मूल्य (NAV- Net Assets Value) गणना गरिन्छ र Open Ended म्युचुअल फन्डको शेयरहरू NAV प्रति शेयरबाट सीधै खरिद र बिक्री गरिन्छ । यसकारण Open Ended म्युचुअल फन्डका इकाईहरू Close Ended Fund का इकाई वा स्टकहरू जसरी एक्सचेन्जमा कारोबार हुँदैनन् ।

Open Ended म्युचुअल फन्डले कसरी काम गर्छ ?

म्युचुअल फन्डहरू New Fund Offer(NFO) मार्फत बजारमा निष्कासन गरिन्छ । NFO बन्द भएपछि व्यक्तिगत लगानीकर्तालाई शेयर बाँडफाँट गरिन्छ । बाँडफाँट पछि दैनिक गणना गरिएको खुद सम्पत्ति मूल्य (NAV) को आधारमा कोष प्रबन्धकले तोकेको वितरण शाखामा शेयर कारोबार गर्न सकिन्छ ।

Open Ended म्युचुअल फन्डहरू धेरै तरल हुन्छन् किनभने लगानीकर्ताले वितरण शाखामा सजिलैसँग शेयरहरू खरिद–बिक्री गर्न सक्छन् । यद्यपि लगानीकर्ताले आफ्नो इकाईहरू बेच्दा एक्जिट लोड बेहोर्नुपर्ने हुन सक्छ ।

एक्जिट लोड भनेको कम्पनीको योजनाबाट बाहिर निस्कँदा लगानीकर्तालाई लगाइने शुल्क हो । एक्जिट लोड एक निश्चित अवधि भित्र योजना बाहिर निस्कने लगानीकर्तालाई लगाइन्छ । सामान्यतया १२ महिना वा २४ महिनाभन्दा कम अवधिमा योजनाबाट बाहिर निस्कने लगानीकर्ताहरूलाई यस्तो व्यवस्था गरिएको हुन्छ । तर उक्त समयावधि पछि बाहिर निस्कँदा भने कुनै एक्जिट लोड लाग्दैन ।

Open Ended Fund का फाइदा

  • पेन्सनका रूपमा उपयोग गर्न चाहने उपभोक्ताका लागि उपयुक्त हुन्छ । Open Ended Fund परिपक्वताको समय लामो हुन्छ त्यसैले दीर्घकालीन लगानी उद्देश्य भएका लगानीकर्ताहरूको लागि यो उत्तम विकल्प हो ।
  • प्रचलित खुद सम्पत्ति मूल्य (NAV) मा आफ्नो सुविधा अनुसार आफूले राखेको कोषका इकाईहरू रिडिम गर्न सक्ने भएकाले उच्च तरलता प्रदान गर्छ ।
  • साना लगानीकर्ताहरूका लागि उचित लगानी विकल्प हो किनभने उनीहरूले नियमित लगानी योजना (Systematic Investment Plan, SIP) मार्फत आफ्नो रोजाइ अनुसार कोषमा प्रवेश गर्ने निर्णय गर्न सक्छन् ।
  • ठूला नगद लगानी भएका शेयरधनीहरूको रिडिम्पसनहरू पूरा गर्नुपर्ने भएकाले अन्य लगानीकर्ताहरूलाई थप सुरक्षा प्रदान गर्छ ।
  • विभिन्न बजार चक्रहरूमा Open Ended Fund को कार्यसम्पादन ट्रयाक रेकर्ड उपलब्ध हुन्छ । यसले लगानीकर्ताहरूलाई म्युचुअल फन्डहरूमा लगानी गर्ने वा नगर्ने निर्णयमा प्रेरित गर्न सक्छ ।

Open Ended Fund का बेफाइदा

  • Open Ended Fund को NAV प्रत्येक कारोबार दिनको अन्त्यमा मात्र निर्धारण गरिन्छ । तसर्थ उनीहरूले कमाए वा गुमाए भन्नेबारे लगानीकर्ताहरूले दिनको अन्त्यसम्म कुर्नुपर्छ ।
  • यसमा नगदको ठूलो प्रवाह र बहिर्गमनको जोखिम हुन्छ । उदाहरणका लागि नगदको अचानक बहिर्गमनले कोष प्रबन्धकलाई न्यूनतम मूल्यमा होल्डिङहरू बेच्नुपर्ने बाध्यता हुनसक्छ । यसले फन्डका लगानीकर्ताहरूलाई असर गर्न सक्छ ।
  • शेयरधनीहरूको रिडेम्पसनहरू पूरा गर्नको लागि ठूलो नगद मौज्दात कायम गर्नुपर्छ । नगदको ठूलो भाग रिजर्भमा राखिएको हुनाले स्वाभाविक रूपमा प्रतिफल घट्छ, अपेक्षाकृत प्रतिफल हासिल नहुन सक्छ ।
  • लगानीकर्ताहरू लोभले बुलिस बजारमा बढी पैसा लगानी गर्ने र डरका कारण बियरिस प्रवृत्तिमा रिडिम गर्ने गर्न सक्छन् ।
  • व्यवस्थापन शुल्कहरू उच्च हुन्छ किनभने व्यवस्थापन टोलीले लगानीकर्ताको माग अनुसार निरन्तर सक्रिय रहनुपर्ने हुन्छ ।

Close Ended म्युचुअल फन्ड भनेको के हो ?

Close Ended म्युचुअल फन्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणलाई शेयर निष्कासन गर्छन । त्यसपछि शेयरहरू स्टक एक्सचेन्जमा सूचीबद्ध हुन्छन् र लगानीकर्ताहरूले अन्य स्टकहरू जस्तै Close Ended कोषको शेयर कारोबार गर्न सक्छन् ।

लगानीकर्ताले आफ्नो शेयर किन्न चाहने अर्को लगानीकर्तालाई बेच्न सक्छन् । Open Ended म्युचुअल फन्डको जस्तो लगानीकर्ताले कोषमा शेयर फिर्ता बेच्न सक्दैनन् ।

स्टक एक्सचेन्जमा कारोबार हुँदा लगानीकर्ताले म्युचुअल फन्डको इकार्ई (शेयर) को लागि तिरेको मूल्य NAV भन्दा फरक हुनसक्छ । बजार मूल्य NAV भन्दा बढी वा कम हुनसक्छ । एक निश्चित संख्यामा र निश्चित अवधिमा बन्द हुने गरी शेयर निष्कासन गरिने भएकाले यसलाई Close Ended Fund भनिएको हो । यसमा शेयर संख्या बढाउन वा घटाउन सकिंदैन ।

Close Ended Fund ले कसरी काम गर्छ ?

कम्पनीले NFO मार्फत म्युचुअल फन्ड ल्याएको हुन्छ । लगानीकर्ताले तोकिएको मूल्यमा शेयर इकाईहरू खरिद गर्न सक्छन् । एनएफओ सकिएपछि नयाँ कोष थप्न सकिंदैन । तोकिएको समयमा परिपक्व (म्याच्योरिटी) भएपछि कोष प्रबन्धकले प्रतिफल सहित लगानी रिडेम्पसन (फिर्ता) गर्छन् ।

म्युचुअल फन्डको शेयर (इकार्ई) खरिद बिक्री गर्न चाहने लगानीकर्ताले स्टक एक्सचेन्जमा NFO पछि कारोबार गर्न सक्छन् । त्यहाँ उनीहरूले शेयरको माग र आपूर्तिको नियमानुसार प्रचलित NAV भन्दा सस्तो वा महँगोमा शेयर कारोबार गर्न सक्छन् ।

Close Ended Fund का फाइदा

  • लगानीकर्ताहरूको तर्फबाट कोषलाई निरन्तर किन्न र रिडिम गर्नका लागि कुनै दबाब नहुँदा Close Ended Fund सँग पूर्ण रूपमा लगानी कायम राख्नको लागि स्थिर सम्पत्ति संरचना हुन्छ ।
  • न्यूनतम मार्केटिङ खर्च र कम कारोबार भएको हुनाले Open Ended Fund को तुलनामा कोषको व्यवस्थापन र सञ्चालन खर्च कम हुन्छ ।
  • Open Ended Fund को तुलनामा उच्च प्रतिफल प्रदान गर्छ ।
  • IPO मार्फत Close Ended Fund का इकाई नपाएका लगानीकर्ताले ब्रोकर मार्फत दोस्रो बजारमा खरिदको अवसर पाउँछन् ।

Close Ended Fund का बेफाइदा

  • बजारको आपूर्ति र मागको कारण Close Ended Fund को NAV लाई असर गर्छ ।
  • कारोबारीले ब्रोकर कमिसनको पनि हिसाब गर्नुपर्छ ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !