+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 12

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

२०८० चैत  १९ गते १९:०२ २०८० चैत १९ गते १९:०२

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित सूचकांकसँग आवद्ध निष्क्रिय लगानी हुन् । यी दुई बीचको भिन्नतालाई निम्नानुसार चर्चा गरिएको छ :

व्यवस्थापन : कोष प्रबन्धकहरूले लगानी योजनाहरूलाई सक्रिय रूपमा वा निष्क्रिय रूपमा व्यवस्थापन गर्न सक्छन् । म्युचुअल फन्डहरू अधिकांश सक्रिय रूपमा व्यवस्थापन गरिएका हुन्छन् ।

कारोबार : ETFs को कारोबार स्टकको जस्तै हुन्छ । दिनभर मूल्यको उतारचढावसँगै शेयर बजारमा खरिद–बिक्री हुन्छ । ETF को लागि तपाईंले तिर्नुभएको मूल्य अन्य लगानीकर्ताले तिरेको भन्दा फरक हुनसक्छ । म्युचुअल फन्डको इकार्ई मूल्य हरेक दिन NAV मा आधारित भई कार्यान्वयन गरिन्छ । सबै लगानीकर्ताले एक दिनमा समान मूल्यमा म्युचुअल फन्डको इकार्ई प्राप्त गर्छन् ।

न्यूनतम लगानी : ETFs मा सुरुवाती न्यूनतम लगानी हुँदैन किनभने तिनीहरू स्टक जस्तै कारोबार गरिन्छ । भ्त्ँ एक शेयरको लागत अनुरुप खरिद गर्न सकिन्छ जसलाई ETF को ‘बजार मूल्य’ भनिन्छ । म्युचुअल फन्डको न्यूनतम प्रारम्भिक योगदान सामान्यतया रु. १००० हो जसमा १०० कित्ता म्युचुअल फन्डको इकार्ई खरिद गर्न सकिन्छ । म्युचुअल फन्डको NAV ले बजार मूल्यलाई फरक पार्दछ ।

तरलता : ETF हरूमा उच्च तरलता हुन्छ । दैनिक कारोबार परिमाणसँग ETF सम्बन्धित हुँदैन । ETF को तरलता स्टकको तरलतासँग जोडिएको हुन्छ । म्युचुअल फन्डमा ETF भन्दा कम तरलता हुन्छ ।

बिक्री समय : ETF को कुनै निर्दिष्ट खरिद वा बिक्री समय हुँदैन । लगानीकर्ताले आफूले चाहेको बेला किन्न वा बेच्न सक्छन् । खुलामुखी म्युचुअल फन्डहरूले निश्चित अवधि भन्दा पहिले शेयर बिक्री गरेमा शुल्क लिन्छन् ।

लगानीकर्ताले म्युचुअल फन्ड र एक्सचेन्ज ट्रेडेड फन्डबाट फाइदा लिन सक्छन् । फन्डले बलियो लगानी पोर्टफोलियोको विकासमा योगदान पुर्‍याउँछन् । सबै किसिमका फन्डको फाइदा र बेफाइदा हुन्छन् । तपाईंले छनोट गर्दा विचार गर्नुपर्छ । तपाईंको वित्तीय लक्ष्य, स्वीकार्य लागत, लगानी शैली अनुकूल फन्ड छ कि छैन जाँच्नुपर्छ ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !