+

स्ट्रोकको उपचारमा किन न्युरो इन्टरभेन्सनल पद्धति प्रभावकारी मानिन्छ ?

२०८० चैत  २५ गते १८:०२ २०८० चैत २५ गते १८:०२
स्ट्रोकको उपचारमा किन न्युरो इन्टरभेन्सनल पद्धति प्रभावकारी मानिन्छ ?

पछिल्लो समय बिरामीको मृत्यु हुने कारणमा स्ट्रोक अर्थात् मस्तिष्कघात पनि एक मुख्य कारण हो । यसमा मस्तिष्कमा रक्तसञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्था हो । यो दुई किसिमका हुन्छन्- स्केमिक स्ट्रोक र हेमोरेजिकस्ट्रोक ।

मस्तिष्कको नसा बन्द भई रक्तसञ्चार एक्कासी बन्द हुनेलाई स्केमिक स्ट्रोक भनिन्छ । यसमा मस्तिष्कको नसामा रगत जमेको हुन्छ । जसकारण रगत प्रवाहको अभावमा दिमागको कोषहरु बिस्तारै मर्दै जान्छन् ।

त्यस्तै, मस्तिष्कमा एक्कासी रगतको नसा फुटेर रगत अधिक प्रवाह हुनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ । यसमा अत्याधिक रगत बग्नाले दिमागको तन्तुहरुमा चाप बढ्न गई क्षति पुग्ने गर्छ । यी दुई मस्तिष्कघातमध्ये धेरैजसोलाई स्केमिक स्ट्रोक हुने गर्छ ।

लक्षण

स्ट्रोकमा एक्कासि आँखा कमजोर हुँदै जाने, मुख बाङ्गिने, हातखुट्टा गल्ने वा कमजोर हुने, बोली लरबराउने वा बोल्नै नसक्ने जस्ता लक्षण देखिन्छ ।

उपचार

स्ट्रोक हुनेबित्तिकै बिरामीलाई अस्पताल पुर्‍याउन सकेमा उपचार सम्भव छ । बिरामी चारदेखि पाँच घण्टामा अस्पताल आइपुगेमा रगत पातलो बनाउने औषधि दिएर उपचार गर्न सकिन्छ । यसमा रगतको नसाबाट जहाँ रगत जमेर अवरोध भएको छ त्यो रगतको ढिक्कालाई पगाल्ने काम गर्छ । उक्त ढिक्कालाई पगाल्न सके रक्त सञ्चालन साबिक रुपमा हुन थाल्छ । जसले गर्दा बिरामीमा कठिनाइ पनि त्यति बढ्न पाउँदैन । अलिअलि भएको कमजोरी पनि ठीक हुँदै जानसक्छ । तर मस्तिष्काघात भएको चार घण्टाभित्र अस्पताल पुगेमा मात्र यो उपचार सम्भव हुन्छ ।

तर उक्त समय अवधिभन्दा पछि अस्पताल ल्याई पुर्‍याएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया दुई किसिमबाट गर्न सकिन्छ । ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन-इन्भेजिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) ।

कसरी गरिन्छ ?

नन-इन्भेजिभ सर्जरी भनेको टाउको नचिरीकन वा मस्तिष्क नखोलीकन दूरबीनको सहायताले गरिने प्रविधि वा शल्यक्रिया हो ।

यसलाई न्युरो इन्टरभेन्सन पद्धति पनि भनिन्छ । यस्तो न्युरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर (एक किसिमको तार) छिराएर गरिन्छ । जस्तै यसमा बिरामीको मस्तिष्कमा रगत जमेको छ भने त्यसलाई रगतको नसाबाट जमेको रगत निकालिन्छ । स्केमिक स्ट्रोक अर्थात् मस्तिष्कमा रगत जमेको छ भने नन-इन्भेजिभ शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसमा ओपन सर्जरी हुँदैन ।

दुईमध्ये कुन प्रभावकारी ?

हेमोरेजिक स्ट्रोक भएमा नन-इन्भेजिभ शल्यक्रिया र ओपन सर्जरीबाट उपचार गर्न मिल्छ । तर तुलनात्मक रुपमा ओपन सर्जरी भन्दा नन-इन्भेजिभ शल्यक्रियामा ५० प्रतिशत प्रभावकारी हुन्छ । यसले बिरामी चाँडै निको हुने हुन्छ ।

साथै, आजीवन प्यारालाइसिस (पक्षाघात) हुने वा अपांगता हुने सम्भावना कम हुन्छ । नन-इन्भेजिभ शल्यक्रियामा ओपन शल्यक्रिया गर्दा जस्तै टाँका छुट्ने, घाउ पाक्ने, संक्रमण हुने जोखिम हुँदैन ।

विभिन्न अध्ययनमा मस्तिष्कघात, एन्युरिज्म (रक्तनसा पातलो भएर फुल्ने, अनि फुट्ने) र ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव हुने) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत जटिलता हुनसक्छ । तर न्युरो इन्टरभेन्सन प्रविधिले गर्दा अस्पतालमा अहिलेको सफलता दर लगभग ९०-९५ प्रतिशत रहेको छ ।

स्ट्रोकबाहेक मस्तिष्कको नसा खुम्चिएमा, मस्तिष्कको नसाहरु गुजुल्टो परेमा पनि ओपन शल्यक्रिया गर्नुअघि इन्टरभेन्सनल शल्यक्रिया गरिन्छ । जसमा गुजुल्टो परेको नसालाई बन्द गर्ने गरिन्छ । जसले गर्दा शल्यक्रिया गर्न सहज हुन्छ । ब्रेन ट्युमर भएमा इन्टरभेन्सनल प्रविधिमार्फत शल्यक्रिया गरेमा सामान्य शल्यक्रियाभन्दा ८० प्रतिशत दरले सुरक्षित हुन्छ ।

घाँटीको नसा (स्नायु) सुक्ने, मेरुदण्डको नसा (स्नायु) सम्बन्धी समस्यामा पनि न्युरो इन्टरभेन्सनल पद्धतिबाट गरिने उपचार निकै प्रभावकारी मानिएको छ ।

डा. प्रसन्ना कार्की स्ट्रोक स्नायु तथा नसारोग
डा. प्रसन्ना कार्की
लेखक
डा. प्रसन्ना कार्की
इन्टरभेन्सनल न्युरोसर्जन

डा. कार्की हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा कार्यरत छन् । उनले नेपाल मेडिकल कलेजबाट एमबीबीएस र जापानको कागोसिया विश्वविद्यालयबाट न्युरोसर्जरीमा विद्यावारिधि छन् भने थाइल्याण्डको माहिडोल विश्वविद्यालयबाट न्युरो इन्टरभेन्सन फेलोसिप गरेकी छन्हु । उनी नेपालको पहिलो महिला इन्टरभेन्सल न्युरोसर्जन समेत हुन् । डा. कार्कीको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?