+
+
Shares

हिमालयन डिस्टिलरी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:०१

काठमाडौं । नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन-२०२३ पुरस्कारबाट सम्मानित भएको छ ।

इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को १० औं वार्षिक परिषद्‍मा आयोजित कार्यक्रममा हिमालयन डिस्टिलरीले सम्मान पाएको हो ।

उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीले पुरस्कार पाएसँगै थप हौसला मिलेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अकाउन्टेन्टस (साफा) मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?