+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कम्पनीले भन्यो– अनधिकृत ठाउँमा मर्मत गर्दा ईभी कारमा प्राविधिक समस्या, मोटर र ब्याट्री सुरक्षित छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १२:५४

५ कात्तिक, काठमाडौं । आज बिहान काठमाडौंको सितापाइलाको एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखेको विद्युतीय कारमा तार शर्ट भएर धुँवा निस्किएको कम्पनीले जनाएको छ ।

सो कार अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीको भनाइ छ ।

काठमाडौं महानगरपालिका–१५ स्थित सितापाइलामा मर्मतका लागि ल्याइएको सेरेस ब्राण्डको एउटा विद्युतीय कार पार्किङमा राखिएका वेला कार भित्रबाट धुँवा निस्किएको थियो ।

‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो,’ कम्पनीले भनेको छ, ‘उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको र ब्याट्री र मोटर दुवैमा क्षति नभएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

‘कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ,’ कम्पनीले भनेको छ ।

विद्युतीय सवारी साधनहरू धेरैखाले सुरक्षा सुविधाहरूले सुसज्जित हुने भन्दै सो कम्पनीले आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएको सेवा केन्द्र मार्फत् मात्र गराउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?