+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १७:००

२० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी छन् । उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ ।

बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । चौधरीमाथि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी नवरन्त पौडेलले बताए ।

उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ । चौधरीले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?