+
+

संविधानसभा अब अन्य कार्यसूचीमा प्रवेश गर्छ : थापा

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १८:०८

८ माघ, काठमाडौ । संविधानसभाको अध्यक्षता गरिरहेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले अब संविधानसभा अन्य कार्यसूचीमा प्रवेश गर्ने बताएका छन् ।suryabahadur thapa

संविधानसभाको दोस्रो बैठक आगामी माघ १५ गते दिउँसो १ बजेका लागि तोकिएको छ । सो बैठकको कार्यसूची के हुने भन्ने संसद सचिवालयले टुंगो लगाउन बाँकी रहेकै बेला बुधबार थापाले पत्रकारसँग कुरा गर्दै आगामी बैठकको कार्यसूचीमा विभिन्न प्रस्ताव आउन सक्ने बताएका हुन् ।

बुधवार जेष्ठ सभासदको हैसियतमा संविधानसभाको अध्यक्षता ग्रहण गरेका थापाले पत्रकारसँग कुरा गर्दै थापाले विधिवतरुपमा सदन सुरु भएकाले अब अन्य कार्यसूचीमा प्रवेश गर्ने बताए । संविधानसभा कार्यसूचीमा आजैदेखि प्रवेश गरेको र अब अन्य एजेन्डामा केन्दि्रत हुने थापाले जानकारी दिए ।

थापाले अबको कार्यसूचिमा कयौँ प्रस्ताव आउने र विभिन्न कमिटी गठनका प्रक्रियासमेत सुरु हुने जानकारी दिएका छन् । उनले कार्यतालिका बनाएर संविधान निर्माणको काममा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?