+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:३३

१५ फागुन, काठमाडौं ।  दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् । शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् ।

प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी निस्किन्छ । लगानीकर्ताको एक कित्ता सेयरवापत कम्पनीले गरेको आम्दानी नै प्रतिसेयर आम्दानी हो ।

कम्पनी सञ्चित नोक्सानीमा नरहेको अवस्थामा प्रतिसेयर आम्दानी जति धेरै, त्यति नै बढी प्रतिफल पाउने सम्भावना रहन्छ ।

यतिबेला मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा वाणिज्य बैंकहरुको सेयर लगानीका हिसावले अरु सेक्टर भन्दा सुरक्षित देखिएको छ । प्रतिसेयर आम्दानीलाई बजार मूल्यका आधारमा तुलना गर्न पीई रेसियो महत्वपूर्ण सूचक हो ।

बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निस्कने पीई रेसियो न्यून हुँदा राम्रो मानिन्छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी १४ भन्दा बढी छ ।

यी हुन् वार्षिक प्रतिसेयर आम्दानीमा अब्बल १० बैंक 

बैंक वार्षिक प्रतिसेयर आम्दानी बजार मूल्य
स्ट्यान्डर्ड चार्टर्ड ३२.६७ ६६३.९०
एभरेस्ट ३२.०६ ६२०.५०
नबिल २३.९८ ४८९
एनएमबी २१.८२ २५३
प्राइम कमर्सियल १९.२८ २५०.८०
सानिमा १७.५६ ३०७
इन्भेस्टमेन्ट मेगा १६.६० २२२.१०
नेपाल एसबीआई १६.५२ ४२०
ग्लोबल आईएमई १६.०२ २२१
हिमालयन १४.०३ २३६

स्रोत : सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?