 
																			१० चैत काठमाडौं। धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैं स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुजनव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ।
‘सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा हामीले गठन गरेका हौं,’ अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले भने ।स्ववियु सभापतिमा गणेश पाण्डे र सुस्मिता बरुवाल उपसभापति, गरिमा लामिछाने सचिव र सुमन डीसी सह-सचिव र कुशल सुवेदीलाई कोषाध्यक्ष चयन गरिएको उनले बताए । उनका अनुसार ६ सदस्य सहित ११ सदस्य स्ववियु गठन गरिएको छ ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष तारा भण्डारी, ५ नम्बर अध्यक्ष गोविन्द लामिछाने, ६ नम्बर अध्यक्ष भक्तबहादुर तामाङ अखिल क्रान्तिकारी धादिङ जिल्ला उपाध्यक्ष सपना दाहाल, जिल्ला सचीव कवि प्रसाद दुलाल र आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्तिथिमा स्ववियु गठन गरिएको हो।
क्रान्तिकारीले आफैं घोषणा गरेपछि आधिकारिकता पाउने नपाउने अन्योल भएको छ । क्याम्पस प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिका लागि कार्यदल बनाएको थियो। कार्यदलमा पनि सहमति जुटेको छैन ।
कार्यदलले आधिकारिक प्रतिवेदन बुभलाएपछि मात्र क्रान्तिकारीले स्ववियु घोषणा गरेको विषयमा निचोड निस्कने उनले बताइन्। ‘क्रान्तिकारीले सुरुदेखि नै चुनावको माग गरेको हो । तर सहमतिको लागि कार्यदललाई जिम्मा दिइएको थियो । कार्यदलले छलफल पनि गरेको हो । प्रतिवेदन आएको छैन,’ उनले भनिन्, ‘एउटा मात्र संगठनले घोषणा गरेको आधिकारिक हुने नहुने अहिले नै भन्न सकिदैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4