+
+
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको त्रुटि छानबिन गर्ने उपसमिति संयोजकमा कांग्रेस सांसद खाँण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएका त्रुटि र भ्रष्टाचारको छानबिन गर्न नयाँ उपसमिति गठन गरिएको छ।
  • कांग्रेस सांसद मञ्जु खाँणलाई उक्त उपसमितिको संयोजक बनाइएको छ, जसले यसअघि नेतृत्व गरिरहेका एमाले सांसद योगेश भट्टराईको स्थान लिएका छन्।
  • भट्टराईले आफ्नो जिम्मेवारीबाट हट्ने घोषणा गरेपछि, नयाँ संयोजकको रूपमा मञ्जु खाँण चयन भएकी हुन्।

४ जेठ, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् ।

आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि उक्त उपसमितिको संयोजक सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । उनी नेतृत्वको उपसिमितिले रूपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो ।

उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?