+
+
Shares

कर बढ्ने हल्लाले सुक्खा बन्दरगाहमा थेगिनसक्नु ईभी (तस्वीर/ भिडियो)

पछिल्लो समय ईभी सवारीको आयात ह्वात्तै बढेको छ । कतिपय गाडी आयात मात्रै भएका छन् तर भन्सार समेत क्लियर भएको छैन । भन्सारमा ल्याएर थुपार्ने काम भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुक्खा बन्दरगाहमा भन्सारबाट आएका सवारीसाधनको संख्या बढेको छ।
  • नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्सार बढ्ने हल्लाले ईभी आयात बढेको बताए।
  • चोभार सुक्खा बन्दरगाहमा १ हजार युनिटभन्दा बढी इलेक्ट्रिक सवारीसाधन थन्किएको छ।

६ जेठ, काठमाडौं । चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सारबाट प्रवेश गरेर आएका सवारीसाधन थेगिनसक्नु संख्यामा छ । विद्युतीय सवारीसाधन (ईभी) र दुई पाङ्ग्रे सवारीसाधन थुप्रिएको हो ।

सरकारले बजेटमार्फत भन्सार कर बढाउन सक्ने भएकाले व्यापारीहरूले धमाधम गाडी आयात गरेका हुन् । जसमा धेरै संख्यामा ईभी छ । केही समययता ह्वात्तै बढेको ईभी आयात संख्याले भन्सार कार्यालय भरिभराउ छ ।

सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताए । ‘फागुनयता ईभी आयात ह्वात्तै बढेको छ । धेरै गाडी अहिले पनि आउँदैछन्,’ गजुरेल भन्छन् ।

गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाहमा मात्रै १ हजार युनिटभन्दा धेरै ईभी थन्किएको छ । ‘अहिले भन्सार कार्यालयहरू ईभीले भरिभराउ छ । व्यवसायीले धमाधम गाडी भित्र्याउँदा राख्ने ठाउँ नै अभाव हुन थालिसक्यो,’ उनले भने ।

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी गाडी भित्रिरहेको छ, फागुनसम्म यस्तो थिएन । पछिल्लो समय ह्वात्तै बढेको छ । कतिपय गाडी आयात मात्रै भएका छन् तर भन्सार समेत क्लियर भएको छैन । भन्सारमा ल्याएर थुपार्ने काम भएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

तस्वीर/भिडियो : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?