
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमणले मकवानपुरका श्याम बहादुर भुलनको मृत्यु भयो।
- घटनाको जानकारी प्रहरीलाई ९ जेठमा प्राप्त भयो र शव पोष्टमार्टमका लागि पठाइएको छ।
- घटनामा दुई जना ज्यान जोगाउन सफल भएका छन्।
१३ जेठ, काठमाडौं । पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकैको सितलपुर जंगलमा कुरिलो खन्न गएका तीन जनामध्ये एक जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्याम बहादुर भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ । ९ जेठका दिन साँझ ७ बजेतिर कुरिलो खन्न जंगल गएका मकवानपुरको मनहरीकै ६० वर्षीय भक्तबहादुर आले र ५१ वर्षीय श्रवण भुलनले भागेर ज्यान जोगाएका थिए ।
घटनाबारे प्रहरीले हिजो सोमबारमात्रै जानकारी पाएको बताएको छ । सूचनापछि घटनास्थलको मुचुल्का उठाइ मृतक भुलनको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4