
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा आंशिकदेखि बदली हुने र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
- बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने बताइएको छ।
- उच्चपहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
१४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
प्रतिक्रिया 4