+
+
Shares

आजदेखि यी स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेटाले आजदेखि केही पुराना स्मार्टफोनमा ह्वाट्सएप नचल्ने घोषणा गरेको छ।
  • सामान्यत: आइफोन र एन्ड्रोइडका पुराना संस्करणहरूमा ह्वाट्सएप समर्थन बन्द हुनेछ।
  • साइबर सुरक्षा जोखिम र नयाँ संस्करणको आवश्यकताका कारण यस्तो निर्णय गरिएको हो।

१८ जेठ, काठमाडौं । आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो ।

अब आइओएस १५ वा त्यो भन्दा पूरानो संस्करण भएका आइफोन तथा एन्ड्रोइड ५ (Lollipop) वा त्योभन्दा पुरानो संस्करणका एन्ड्रोइड फोनहरुमा ह्वाट्सएप चल्ने छैन ।

योसँगै निम्त मोडेलका स्मार्टफोनहरुमा ह्वाट्सएपले सपोर्ट नगर्ने भएको छ :

१. आइफोन फाइभ एस
२. आइफोन ६

३. आइफोन ६ प्लस

४. आइफोन ६ एस

५. आइफोन ६ एस प्लस

६. आइफोन एसइ (फस्ट जेनेरेशन)

७. सामसङ ग्यालेक्सी एस ४

८. सामसङ ग्यालेक्सी नोट ३

९. सोनी एक्पेरिया जेड १

१०. एलजी जी २

११. हुवावे एसेन्ड पी ६

१२. मोटो जी (फस्ट जेनेरेशन)

१३. मोटोरोला रेजर एचडी

१४. मोटो ई (२०१४)

यदि तपाईंको मोबाइल फोन पनि ह्वाट्सएप नचल्ने उल्लेखित सूचीमा परेको छ भने के गर्ने?

· सूरुमा आफ्नो फोन कुन अपरेटिङ सिस्टममा चलिरहेको छ भन्ने जाँच गर्नुहोस्।

· यदि तपाईंको आइफोनमा मा आइओएस १५.१ वा एन्ड्रोइडमा मा ५.१ वा त्यसभन्दा नयाँ संस्करण छ भने, उक्त फोनमा ह्वाट्सएप अझै चल्नेछ।

· यदि तपाईंको फोन निकै पूरानो मोडेलका हो र अपरेटिंग सिस्टम अपडेट गर्न मिल्दैन भने, नयाँ फोन प्रयोग गर्न थाल्नुअघि ह्वाट्सएपका महत्वपूर्ण डेटाहरु (जस्तैः च्याट, फाइल आदि) लाई ब्याकअप गर्नुहोस् ।

मेटाले किन गर्यो यस्तो निर्णय ?

पुराना आइफोन तथा एन्ड्रोइड फोनका संस्करणहरूले नयाँ तथा अद्यावधिक सुरक्षा अपडेटरु प्राप्त नगर्ने हुनाले यस्ता उपकरणहरूमा डेटा ह्याक हुने वा अन्य साइबर खतराहरूको जोखिम बढेको हुन्छ ।

सोही कराणले मेटाले बेलाबेलामा पूराना मोडेलका फोनहरुबाट आफ्ना एपहरुलाई हटाउने गर्दछ । प्रयोगकर्ताहरुलाई साइबर आक्रमणबाट बँचाउनकै लागि त्यस्तो कदम चालिएको दाबी मेटाको छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?