+
+
Shares

केएमसीमा ‘जब मेला-२०२५’ सम्पन्न

४५ कम्पनीको सहभागिता रहेको मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका करिब ४ सय विद्यार्थीको सहभागिता थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारमा ‘जब मेला–२०२५’ सम्पन्न भएको छ ।
  • ४५ कम्पनीको सहभागिता रहेको मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका करिब ४ सय विद्यार्थीको सहभागिता थियो ।
  • कार्यक्रमले विद्यार्थीलाई रोजगारीका अवसर र छलफलमा सहभागी हुन फाइदा पुर्‍याएको प्रतिक्रिया प्राप्त भयो।

१८ जेठ, काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारमा ‘जब मेला–२०२५’ सम्पन्न भएको छ ।

४५ कम्पनीको सहभागिता रहेको मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका करिब ४ सय विद्यार्थीको सहभागिता थियो ।

‘करियर क्याम्पस–नेभिगेटिङ स्मार्ट करियर च्वाइसेस इन द एज अफ अटोमेसन एन्ड रिमोट वर्क’ नाम दिइएको प्यानल डिस्कसनमा क्लाउड फ्याक्ट्रीका सक्षम जोशीले विद्यार्थीलाई विश्वविध्यालयको पाठ्यक्रममा मात्र सीमित नरहेर विश्व बजारलाई आवश्यक पर्ने प्रविधिमा जोड दिनुपर्ने बताए ।

उनले जब मार्केटमा जाँदा एआई प्रयोगमा इमान्दार हुनुपर्ने र प्रष्टसँग आफ्नो विचार राख्नुपर्ने कुरालाई जोड दिए ।

यस्तै लर्न इन्फिनिटीकी अदिती गोयलले समय सापेक्ष विश्व बजारमा जान चाहने व्यक्तिले सम्बन्धित विषयमा न्यूनतम ज्ञान हासिल गर्नुपर्ने बताइन् । आफूलाई स्थापित गर्नका लागि सम्बन्धित क्षेत्रको विज्ञतामा समयानुकूल हुँदै जानुपर्नेमा उनको जोड थियो ।

अर्का प्यानलिस्ट काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्व बजारको आवश्यकता महसुस गरी त्यही अनुरूप ज्ञान दिन लागिपरेको बताए ।

उनले विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरही प्रविधिमैत्री वातारणमा  समयानुकूल शिक्षा प्रदान गर्न र अहिलेको बजारमा आवश्यक विद्यार्थीलाई उत्पादन गर्न सबै कलेज लाग्नुपर्नेमा जोड दिए ।

केएमसी कर्पोरेट रिच आउट क्लब प्रमुख कृतिका मुननकर्मी सहजकर्ता रहेको उक्त कार्यक्रम करिब १ घण्टा चलेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीले आफ्नो रुचि अनुसार कम्पनीका सम्बन्धित व्यक्तित्वसँग छलफल एवं अन्तर्वार्तामा सहभागी भई रोजगारीका अवसरका बारेमा जानकारी लिएका थिए  ।

केएमसी नेटवर्क अन्तर्गतका कलेज र अन्य कलेजका स्नातक तथा स्नातकोत्तर पढ्दै गरेका र पढाइ सकेका विद्यार्थीले जब मेलामा सहभागिता जनाएको कलेजका आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए ।

यस्तो कार्यक्रमले निकै फाइदा पुर्‍याएको विद्यार्थीले प्रतिक्रिया दिएका थिए ।

जब फेयर कार्यक्रममा बैंक, होटल, कलेज, इन्स्योरेन्स, इन्जिनियरिङ तथा आईटी सेवा तथा उत्पादनमूलक विभिन्न कम्पनी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?