
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले बन्द गरे पनि साझा यातायातले सबै रुटमा बस सञ्चालन गरे।
- व्यवसायीहरूले सरकारसँग सहमति भए पनि उपत्यकामा गाडी नचलाउने अडान राखेका छन्।
- गण्डकी प्रदेश सरकारले राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेपछि यातायात व्यवसायीहरूले चक्काजाम फिर्ता लिन सहमति जनाए।
२० जेठ, काठमाडौं। आज काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।तर, सझा यातायातले भने सबै रुटमा बस चलाएको छ ।
सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएपछि साझा यातायात, मयुर यातायात, नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौंका सडकमा बस सञ्चालन गरेको हो ।
वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4