
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले २०८२/८३ को मौद्रिक नीति तयारी गर्न सुझाव माग गरेको छ।
- गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय क्षेत्रको समस्या पहिचान र निरीक्षण सुरु गरेका छन्।
- मौद्रिक नीति १५ साउनभित्र ल्याउने कार्यविधि अनुसार सुझाव १० असारसम्म दिन अनुरोध गरिएको छ।
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारीमा जुटेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनले वित्तीय क्षेत्रमा देखिएका पछिल्ला समस्या पहिचान र नीतिगत सम्बोधनका लागि स्थालगत निरीक्षण समेत सुरु गरेको अवस्था छ ।
केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिन अर्थात् १५ साउनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको हो ।
पछिल्लो समय समग्र माग बढ्न सकेको छैन । आगामी आवको मौद्रिक नीति सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने तथा समग्र मागमा सुधार ल्याउने गरी आउने अपेक्षा सरोकारवालाको छ । तर, वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तरमा कमजोर भएको विषयमा भने केन्द्रीय बैंक होसियार हुनुपर्ने छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गर्दै प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।
प्रतिक्रिया 4