
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिकाले अत्यधिक गर्मीका कारण २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
- प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गर्न निर्देशन दिए।
- गर्मी र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विद्यालय सञ्चालनमा अस्थायी रोक लगाइएको हो।}
२७ जेठ, विराटनगर। अत्याधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले २ दिन विद्यालय बन्द गरेको छ। गर्मी बढेपछि भोलि बुधबारदेखि २ दिन विद्यालय बन्द गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् ।
प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठन पाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठन पाठन सिति २०५२/ ०२/ २८ देखि २०६२/०२/३० गतेसम्म बन्द गर्न गराउन जानकारी गराइन्छ,’ विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,’ साथै यस अवधिमा तापक्रममा गिरावट आएमा वा वर्षात भइ विद्यालय सञचालन गर्न अनुकुल भएमा वि्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालयबाट मिलाउन हुन समेत अनुरोध छ।’
हेर्नुहोस् विराटनगर महानगरको सूचना :
प्रतिक्रिया 4