+
+
Shares

न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो प्रहार गरेकोमा न्यायाधीश समाजको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ११:५७
न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन

३० जेठ, काठमाडौं । उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले विरोध गरेको छ ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भएको हो । उसले त्यो आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमण भनेको छ ।

उसले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न माग गरेको छ ।

विहीबार नेकपा(बहुमत)का कार्यकर्ताहरु उच्च अदालतको बीरगञ्ज इजलासमा गएर न्यायाधीशहरु थारु र महर्जनमाथि मोसो छ्यापेका थिए । ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?