
१२ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।
उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले बैठकमा जानकारी गराएकी हुन् । को बारे, के उजुरी भन्ने खुलाइएको छैन ।
उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् ।
तीन जनाको आइतबार सुनुवाइ हुने समिति सभापति न्यौपानेले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4