+
+

बाबुराम भट्टराईले जनप्रशासन क्याम्पसमा पढाए

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते १८:४६

Baburam teaching

३ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार जनप्रशासन क्याम्पसमा पढाएका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तरगत जनप्रशासनका एमफिलका विद्यार्थीलाई अल्पविकास र नेपालको क्षेत्रीय संरचनाः माक्र्सवादी दृष्टिकोणबारे प्रवचन दिएका हुन् ।

प्रवचनपछि भट्टराईले आफूसँग भएको ज्ञान बाड्न र नयाँ पुस्ताबाट केही सिक्न कक्षा लिएको बताए । ‘पैसाभन्दा पनि धेरै लाभदायक ठानेर हो’ भट्टराईले भने-‘पहिलो कुरा आफ्नो अध्ययनमा मदत पुग्छ । अर्को नयाँ पुस्स्ताका साथीहरुसँग भएको कुरा जानिन्छ ।’ भट्टराईले समयले भ्याएसम्म अध्यापनलाई निरन्तरता दिने बताए ।

भट्टराईको कक्षामा विद्यार्थीहरुसँगै उनकी पत्नी हिसला यमी समेत सहभागी भएकी थिइन् । यसअघि भट्टराईले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा गेष्ट लेक्चरका रुपमा एउटा कक्षा लिएका थिए ।

Baburam teaching  1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?