+
+
Shares

के संसारभर एकसाथ इन्टरनेट बन्द हुनसक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १३:४१

इन्टरनेट आजको समयमा संसारभर अधिकांश मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा भइसकेको छ ।

अनलाइन पढाइदेखि आम्दानी, किनमेल, बैंकिङ, मनोरञ्जन तथा समाचारसम्मका सबै सेवाहरू हाम्रो दैनिक जीवनमा समावेश छन्। र, यी सबै अनलाइन सेवाहरूको केन्द्रबिन्दु इन्टरनेट हो। अर्थात् इन्टरनेट नभए हाम्रो जीवनका उल्लिखित सबै क्रियाकलापहरु ठप्प बनिदिन्छन् ।

के तपाईं यस्तो दिनको कल्पना गर्न सक्नुहुन्छ कि जहाँ विश्वभर नै इन्टरनेट बन्द छ । वास्तवमा यसको कल्पना गर्नु मात्रै पनि धेरै मानिसहरूका लागि त्रासदीपूर्ण हुनसक्छ । तथापि के यस्तो हुन सम्भव छ त भन्ने प्रश्न स्वभाविक छ । यसको सरल उत्तर के हो भने दुनियाँभर एकसाथ इन्टरनेट बन्द हुने सम्भावना कम छ, तर असम्भव भने होइन । आखिर विश्वमा के कारणले इन्टरनेट अबरुद्ध हुन सक्छ ?

विश्वव्यापी साइबर आक्रमण

साइबर आक्रमणकारीले यदि कुनै दिन यस्तो भयानक योजना बनाएर साइबर हमला गरे जसले रुट सर्भरहरू, DNS सिस्टम वा इन्टरनेट एक्सचेन्ज प्वाइन्ट जस्ता इन्टरनेटको मुख्य संरचनाहरू नै नष्ट गरिदियो भने त्यस अवस्थामा संसारभर इन्टरनेट सेवा नै बन्द हुन सक्छ।

उदाहरणका रुपमा सन् २०१६ मा भएको Dyn DDoS साइबर आक्रमणका कारण एक्स, नेटफ्लिक्स तथा रेडिटजस्ता सोसल मिडिया साइटहरु कैयौँ घण्टासम्म ठप्प भएका थिए।

सौर्य आँधी वा खगोलीय घटना

सूर्यबाट निस्कने सोलार स्ट्रोम अर्थात सौर्य आँधीका कारण पृथ्वीको चुम्बकीय क्षेत्र तथा दूरसञ्चार लगायतका प्रावधिक उपकरण र सञ्जालमा गम्भीर असर पर्न सक्छ।

कतिपय अवस्थामा स्टारलिंकका स्याटेलाइटहरू यस्तो घटनाबाट प्रभावित भएका छन् । तर, यो असर केवल स्याटेलाइटहरूमा मात्र सीमित हुँदैन । यदि सौर्य आँधी धेरै ठूलो भयो भने, सञ्चार नेटवर्कहरू समेत अवरुद्ध हुन सक्छन् ।

त्यसैगरी, संसारभर इन्टरनेट पुर्‍याउने मुख्य आधार समुद्रमुनि बिछ्याइएका केबलहरू हुन् । यदि कुनै कारणले ती केबलहरूमा क्षति पुग्यो वा गडबडी आयो भने इन्टरनेट सेवा प्रभावित हुन्छ ।

अनुसन्धानकर्ताहरूको भनाइअनुसार, यदि सन् १८५९ मा भएको क्यारिंगटन घटनाजस्तै घटना दोहोरियो भने केही समयका लागि संसारभर इन्टरनेट पूरै बन्द हुन सक्छ।

विश्व युद्ध पनि एक कारण बन्न सक्छ

यदि विश्वमा तेस्रो विश्व युद्ध जस्तो आम विश्वव्यापी युद्ध भयो भने त्यसले पनि संसारभरको इन्टरनेट सेवा प्रभावित गर्न सक्छ । यस्तो अवस्था हामीले युक्रेन र रुसको युद्धमा देखिसकेका छौं, जहाँ युक्रेनको सञ्चार संरचना ध्वस्त हुँदा इन्टरनेट सेवा ठप्प भएको थियो। पछि स्टारलिंक स्याटेलाइटहरूको मद्दतले त्यहाँ इन्टरनेट सेवा सुचारु गरिएको थियो।

यसका अलावा, यदि कुनै यस्तो सेवा बन्द भयो जसमा धेरै अन्य सेवाहरू निर्भर छन् भने त्यसले पनि ठूलो असर पार्न सक्छ । यस्तो घटना सन् २०२४ मा क्लाउडफेयर सर्भिसमा देखिएको थियो । जसको कारण संसारभर वायुसेवा तथा बैंकिङ सेवाहरू प्रभावित भएका थिए। केही सेवाहरू त धेरै दिनपछि मात्र सुरु हुन सके ।

के साँच्चै संसारभर इन्टरनेट बन्द हुन सक्छ ?

वास्तवमा पूरै विश्वभर नै एकसाथ इन्टरनेट ठप्प हुने कुरा अलिक असम्भव हुनसक्छ। तर असम्भव भने होइन ।

इन्टरनेट एउटा विकेन्द्रित प्रणाली हो, जसको नियन्त्रण कुनै एक देशसँग मात्रै छैन। तर, केही यस्ता परिस्थिति हुन सक्छन्, जसमा कुनै निश्चित क्षेत्रको इन्टरनेट सेवा केही समयका लागि बन्द हुन सक्छ। यसको सानो उदाहरण हामीले कहिलेकाहीँ कुनै निश्चित क्षेत्रमा इन्टरनेट सेवा बन्द हुँदा देख्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?