सन्तोष रुचाल
६ साउन, धनकुटा । साउनको पहिलो साता बित्न लाग्दा धनकुटामा ४० प्रतिशतमात्र धान रोपाइर्ँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको लेकाली क्षेत्रमा रोपाईँ भएपनि पानी नपर्दा अन्य क्षेत्रमा रोपाईँ हुन सकेको छैन ।
गत वर्ष यही बेला करिब ५० प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष करिब ४० प्रतिशत मात्र रोपाइर्ँ भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक साहायक टंक अधिकारीले बताए । पानी नपरेकाले गत वर्षको तुलनामा रोपाइँ हुन नसकेको प्राविधिक सहायक अधिकारीले बताए । साउन लागि सक्दा पनि वर्षात नहुँदा किसानहरु चिन्तित छन् ।
असारमा रोपाई सक्नुपर्ने खेतमा अझै रोपाइँ हुन नसकेको बेलहरा गाविस-२ का कृषक अम्वर दाहालले बताए । उनले खोला नजिक केही खेतमा धान रोपाई भएपनि अन्य भागमा पानी अभावले कृषकले रोपाईँ गर्न नपाएको बताए ।
प्रतिक्रिया 4