+
+
Shares
एमाले पोलिटब्युरो बैठक :

कर्ण थापालाई ओलीले सुरुमा रोके, पछि जवाफ दिए

‘तपाईं बीचमा किन ? पालो आएकै छैन त, म पछि पालो दिउँला,’ ओलीले शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकमा थापालाई भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते २१:१६

२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा कर्णबहादुर थापा पछिल्लो विधान र नियमावलीबारे आफ्ना कुरा राख्न खोजिरहेका थिए । त्यस बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उनलाई रोके ।

‘तपाईं बीचमा किन ? पालो आएकै छैन त, म पछि पालो दिउँला,’ ओलीले शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकमा थापालाई भने ।

थापाले पछि विधानमा उमेर हद लगायतका व्यवस्थाबारे पार्टीले गरेका निर्णयभन्दा प्रतिकूल हुनेगरी दस्तावेज छापिएको दाबी गर्दै त्यो सच्चिनुपर्ने, त्यसो गर्नेलाई कारबाही हुनुपर्ने माग गरे ।

‘पार्टीमा बृहत छलफलबाट जुन विधि पारित भयो, त्यो नै पार्टीको निर्णय हो,’ थापाले भनेका थिए, ‘त्यसलाई फेरफार गर्ने काम कहाँबाट भयो, अनुसन्धान होस् ।’

अध्यक्ष ओलीले जवाफ दिने क्रममा विधान प्रकाशन गर्दा कुनै जालझेल नभएको भन्दै  बोल्दा संयम भएर शब्द चयन गर्न चेतावनी दिए ।

‘कुनै जालझेल भएको छैन, त्यस्तो तोडमोड व्याख्या हुनुभएन,’ ओलीले विधान प्रकाशनबारे थापालाई सम्झाए, ‘कभर मात्रै फरक पर्यो भन्ने कुरा पनि आयो, कभरै फरक पर्दा त किन बबन्डर गर्नुपर्यो, भित्रको कन्टेन्ट मुख्य कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?