+
+
Shares

पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार

थापाले भने-गलत मान्छेहरु अध्यक्षको वरिपरि छन्

कार्यालयबाट निस्कने क्रममा थापालाई केही व्यक्तिले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका व्यक्तिबाट थापालाई दुर्व्यवहार गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १४ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका व्यक्तिले दुर्व्यवहार गरेका छन्।
  • थापाले भने, \'अध्यक्षको अघिपछि हिंड्ने मान्छेहरुले पार्टीकै नेताहरुलाई धाकधम्की दिने काम गरेर पार्टी बद्‌नाम गराइरहेका छन्।\'
  • एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए भने अध्यक्ष ओलीले ती मानिसहरुबारे बुझ्ने बताएका छन्।

१४ मंसिर, काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालय च्यासलमै दुर्व्यवहार गरिएको छ ।

कार्यालयबाट निस्कने क्रममा थापालाई केही व्यक्तिले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका व्यक्तिबाट थापालाई दुर्व्यवहार गरेका हुन् ।

‘पार्टी अध्यक्षले नै आउनुस् भन्नुभएकाले जाँदैथिएँ’ थापाले अनलाइनखबरसँग भने, ‘तर उहाँको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरु खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न जानेनन् ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यो घटनालाई सामान्य रुपमै लिनुपर्ने बताए । ‘यो सामान्य कुरा हो । अध्यक्षको सुरक्षार्थ खटिएकाहरुले यति गर्ने नै भए,’ उनले भने ।

थापाले भने अध्यक्ष ओलीको वरिपरि हिंड्ने यी व्यक्तिहरुले पार्टीकै बद्‌नाम गरिरहेको बताउँछन् । ‘अध्यक्षको अघिपछि हिड्ने मान्छेहरुले पार्टीकै नेताहरुलाई धाकधम्की दिने जस्ता काम गरेर अध्यक्षकै बद्‌नाम गराउने काम भइरहेको छ,’ उनले भने ।

थापाले यो अध्यक्ष ओलीसँग पनि राखेका छन् । ‘यस्ता खालको मान्छेहरुलाई तपाईंले किन अघिपछि लिएर हिंड्नुभएको हो,’ ओलीसँग थापाले भनेका थिए, ‘गलत मान्छेहरु लिएर नहिंड्नुस् ।’ ओलीले भने ती मानिसहरुबारे बुझ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?