
२० भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मतले विधान महाधिवेशनको हलमा प्रस्तुत गर्ने अनुमति पाएको छ ।
आजबाट ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । जहाँ तीनवटा छुट्टाछुट्टै प्रतिवेदनहरू प्रस्तुत हुँदैछन् ।
सोही प्रतिवेदनसँगै थापाको फरक मत पनि प्रस्तुत गर्नका लागि स्वीकृत भएको हो ।
थापाले ३२ पृष्ठ लामो फरक मत हिजोमात्रै केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । उनले दर्ता गराएको फरक मत विधान महाधिवेशनमा प्रस्तुत हुने सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताएका थिए ।
एक नेताका अनुसार, थापाको फरक मत महाधिवेशन प्रतिनिधिहरूलाई पनि बाँड्न पाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4