+
+
Shares

कर्ण थापाको फरक मत विधान अधिवेशनमा प्रस्तुत हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २०:४०

१९ भदौ, काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे जानकारी गराएका हुन् ।

थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए ।

‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे भोलि विधान अधिवेशनमा छलफल हुन्छ,’ ज्ञवालीले भने ।

यसअघि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि फरक मत राखेका थिए । यद्यपि यसबारे आज बसेको सचिवालय बैठकले कुनै निर्णय भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?