
१९ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ ।
बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।
योसँगै उनको फरक मतबारे छलफल हुने निश्चित भएको हो ।
पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराएको उनले बताएका छन् ।
पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि उनले छलफलको माग गरेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतालाई नवीकरण नगरिएको विषयबारे उनले आफ्नो फरक मतमा राखेका छन् ।
उनले दर्ता गराएको यो फरक मत ३२ पृष्ठ लामो छ ।
यस्तो छ उनको फरक मत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4