+
+
Shares

भियतनाममा डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ७:००

४ साउन, काठमाडौं । भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् ।

लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।

पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।

‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?