+
+
Shares

एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन तीव्र, एकैदिन ४ वटालाई २ लाख बढी जरिबाना

उपभोक्ता संरक्षण विभागका अनुसार अनुगमनका क्रममा ती कन्सल्टेन्सी इजाजत विना सञ्चालन भइरहेको पाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ साउनदेखि एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन तीव्र बनाएको छ।
  • अनुगमन टोलीले ४ दिनमा २४–२५ कन्सल्टेन्सीमा अनुगमन गरी ६ वटा कन्सल्टेन्सीलाई ३ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमनमा इजाजतविना सञ्चालन भएका कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको निर्देशिका २०७३ को दफा ६ अनुसार कारबाही गरिएको छ।

४ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन तीव्र बनाएको छ । विभागले १ साउनदेखि एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन थालेको हो ।

विभाग अनुगमन टोलीले ४ दिनमा २४–२५ कन्सल्टेन्सीमा अनुगमन गरेको र ६ वटालाई जरिबाना तिराएको जानकारी दिएको छ । ६ वटा कन्सल्टेन्सीलाई ३ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

विभागका वरिष्ठ अनुगमन अधिकृत अमित झाले आइतबार ४ वटा एजुकेसनल कन्सल्टेन्सीलाई २ लाख ३ हजार रुपैयाँ जरिबाना तिराइएको जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा ती कन्सल्टेन्सी इजाजतविना सञ्चालन भइरहेको पाइएको थियो ।

‘शिक्षा मन्त्रालयको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ को दफा ६ बमोजिम ती कन्सल्टेन्सीलाई हामीले कारबाही गरेका हौं,’ अधिकृत झाले अनलाइनखबरसँग भने, ‘अनुगमन क्रममा शिक्षा मन्त्रालयबाट इजाजत नलिई कन्सल्टेन्सी सञ्चालन गरेको पाइयो । निर्देशिकालाई आधार मानेर हामीले जरिबाना तिराएका हौं ।’

विभाग अनुगमन टोलीले ललितपुर महानगरपालिका–५ को गोरेटो कुमारीपाटी प्रालि, हारुतो ग्लोबल एजुकेसन कन्सल्टेन्सी, ललितपुर नेटकम्स सर्भिस प्रालिलाई समान ५१ हजार रुपैयाँ  र काठमाडौं महानगरपालिका–२९ को नेसननल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एक्सलेन्सलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै अन्य एजुकेसन कन्सल्टेन्सीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि विभागले १–२ साउनमा ललितपुर महानगरपालिका–५कै एसएस एजुकेसन सोलुसन प्रालि र अक्सब्रिज फाउन्डेसन फर ग्लोबल स्टडिज प्रालिलाई समान ५१ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

विभागले आजै काठमाडौं महानगरपालिका–२ को वेलनेस अर्गानिक क्लब प्रालि र महालक्ष्मी नगरपालिका–४ को नेक्सन कर्पोरेसन प्रालिलाई समान २ लाख ५ हजार गरी ४ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?