+
+
Shares

हुम्लाका ६ सहकारीका कृषकलाई खरायाे वितरण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १८:५५

६ साउन, हुम्ला ।  एक गैरसरकारी संस्थाले हुम्लाका ६ वटा सहकारी संस्थाका कृषकहरूलाई खरायाे वितरण गरेको छ ।

जिल्लामा कृषि क्षेत्रमा काम गर्दै आएका कृषि सहकारीलाई खरायो वितरण गरिएको हो ।

गुडनर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्नोल्यान्ड एकीकृत विकास केन्द्रको सहजीकरणमा जिल्लाका ४५ जना कृषकलाई खरायाे वितरण गरिएको हो ।

यस्तै ५ जनालाई मौरी पालनको सामाग्री ३ जनालाई आरनको सामाग्री २ जनालाई पसलको लागि सामाग्री वितरण गरिएको छ।

कर्णाली दाेभान , पाेखी, हिमाली अर्गानिक कृषि सर्केगाड महादेव, पञ्चमुखी दूधकुण्ड सहकारीलाई खरायाे वितरण गरेको स्नाेल्यान्ड एकीकृत विकास केन्द्र हुम्लाका कार्यक्रम अधिकृत कार्मा धाेन्डुप लामाले जानकारी दिए ।

६ वटा सहकारीका कृषकहरूलाई ८ लाख  १० हजार बराबर खर्चेर खरायाे वितरण गरेको लामाले बताए । सर्केगाड, सिमकोट खार्पुनाथमा सञ्चालित रहेका कृषि सहकारीलाई खरायाे सहयाेग गरेको लामाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?