
२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने भएको छ ।
अखिल (क्रान्तिकारी) ले बिहीबार अध्यक्ष प्रचण्डसँग शैक्षिक संवाद गर्न लागेको हो । विद्यार्थी संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले शिक्षा क्षेत्रका वृहत्तर पक्षमा पार्टी अध्यक्ष प्रचण्डसँग सवाल–जवाफ हुने जानकारी गराए ।
बिहीबार बिहान ११:३० बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा ‘विद्यार्थीसँग अध्यक्ष कमरेड प्रचण्ड शैक्षिक संवाद’ कार्यक्रम राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4