
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले राष्ट्रिय सहकारी नियमन प्रधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाईंलाई नियुक्त गरेको छ।
- सोमबारको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई सदस्य नियुक्त गरेको हो।
- प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले चौलागाईंसहित दुई जनालाई सिफारिस गरेको थियो।
२७ साउन, काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्रधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई सदस्य नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकका पूर्वउपनिर्देशक चौलागाईं सहकारी क्षेत्रका विज्ञका रूपमा परिचित छन् । प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले चौलागाईसंँगै नारायणप्रसाद पौडेल र सहदेव बस्नेतलाई सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले पठाएका ३ मध्ये चौलागाईंलाई विज्ञ सदस्य नियुक्त गरेको हो ।
चौलागाईंको नियुक्तिसँगै प्रधिकरणले पूर्णता पाएको छ । पछिल्लो समय जटिल बन्दै आएको सहकारीलाई नियमनको दायराभित्र ल्याउन सरकारले प्राधिकरण गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4