+
+
Shares

पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीको टोलीले सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिनबहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपालीको उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:१८

३ भदौ, काठमाडौं । पौडी खेल्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलाको बीच भागमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिनबहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपालीको उद्धार गरेको हो ।

दुवै जना पौडी खेल्ने क्रममा खोलाको बीच भागमा फसेका थिए ।

घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट सशस्त्र प्रहरी निरीक्षक आकाश सूचीकारको कमाण्डमा उद्धार टोली खटिएको  थियो ।

विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले थ्रो ब्याग, रोप रेस्क्यु विधि अपनाइ दुवै जनाको सकुशल उद्धार गरेको  सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी  दिए ।

उद्धार गरिएका दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?