+
+
Shares

जब ८० वर्षअघि लुटिएको कलाकृति घरजग्गा एजेन्टको विज्ञापनमा देखियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारीबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ चित्रकला हालै फेला परेको छ।

काठमाडौं । ८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारीबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ नामक चित्रकला हालै फेला परेको छ । उक्त चित्र घरजग्गा बेच्ने एक एजेन्टको वेबसाइटमा देखिएको हो ।

डच पत्रिका एडीका अनुसार उक्त चित्र हराएको कलाकृतिको सूचीमा थियो । जसलाई ज्याक गौडस्टिक्कर नामक यहुदी कला व्यापारी नाजीहरूले चोरी गरेका थिए ।

दोस्रो विश्व युद्धपछि अर्जेन्टिना गएका वरिष्ठ नाजी अधिकारीको घर विक्रीका लागि राखिएको विज्ञापनमा सो चित्रकला सोफामाथि झुण्ड्याइएको अवस्थामा देखियो । यो चित्रकला फ्रेडरिच काडगेन नामक व्यक्तिको कब्जामा थियो । उनी नाजी अधिकारी हर्मन गोरिङका वित्तीय सहयोगी थिए ।

उनीलगायत अन्य नाजीहरूले गौडस्टिक्करबाट ११०० भन्दा बढी कलाकृतिहरू लुटेका थिए । तीमध्ये केही युद्ध अन्त्यपछि फेला परेका थिए । तर अझै धेरै हराइरहेका छन् ।
यसअघि सोही घरधनीको सामाजिक सञ्जालमा १७औं शताब्दीका डच चित्रकार अब्राहम मिग्नोनले बनाएको अर्को चोरिएको कलाकृति पनि फेला परेको थियो ।

अहिले ‘अ लेडी’ नामक चित्रकला फर्काउन गौडस्टिक्कर परिवारले सहमति जनाएको बीबीसीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?