+
+
Shares

रुसको आक्रमणबाट युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु, युरोपेली संघको कार्यालयमा क्षति

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसमाथि नयाँ प्रतिबन्धको आह्वान गरेका छन् । युरोपियन युनियन र बेलायतले घ६नाको विरोध जनाउँदै रूसी दूतहरूलाई बोलाएर सोधेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसले किभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ, जसमा चार जना बालबालिका छन्।
  • आक्रमणले किभस्थित युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ।
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले 'रुसले वार्ताको सट्टा ब्यालिस्टिक क्षेप्यास्त्र रोज्छ' भनी नयाँ प्रतिबन्धको आह्वान गर्नुभएको छ।

१२, भदौ, किभ (रोयटर्स)। रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् ।

सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रूसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् ।

आक्रमणबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यको कूटनीतिक प्रयासमा रुसले दिएको जवाफ भएको टिप्पणी गरेका छन् ।’रुसले वार्ताको सट्टा ब्यालिस्टिक क्षेप्यास्त्र रोज्छ,’ जेलेन्स्कीले एक्समा लेख्दै भने । उनले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन आह्वान गरे। ‘रुसले युद्ध अन्त्यको सट्टा मानिसहरु मारेको मार्‍यै गर्न चाहेको छ ।’

रूसले युक्रेनका सैन्य उद्योगहरू र एयरबेसहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । मस्कोले नियमित रूपमा नागरिकहरूलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ। तर युक्रेनी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा जनघनत्व भएको क्षेत्रमा भएका रुसी आक्रमणहरूमा धेरै नागरिकहरूको मृत्यु भएको छ । युद्ध सुरु भएदेखि हजारौंको ज्यान गइसकेको छ।

किभमा बिहीबार बिहान भएको आक्रमण पछिल्ला केही महिनामा भएको सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको अधिकारीहरुले जनाएका छन् ।

EU High Representative for Foreign Affairs Kaja Kallas in a black and white dress speaks into a thin black mic in front of a blue background bearing a EU flag

२०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण थालेदेखि नै किभ र यसका सहयोगीहरूले युद्ध अन्त्यको प्रयास गर्दै आए पनि खासै उपलब्धि भएको छैन। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी तथा रूसी नेताहरूबीच भेटघाट भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?