+
+
Shares

सलिनसँग अफेयरको चर्चाबारे नम्रता : नखाएको विष लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल नम्रता श्रेष्ठले अभिनेता सलिनमान बनियासँग प्रेमसम्बन्धको गसिपलाई झूठो बताएकी छिन्।
  • नम्रताले भनिन्, 'गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि हैन, यो सानो कुरालाई ठूलो बनाइएको हो।'
  • उनले थपिन्, 'हामी एकदम मिल्ने साथी हौँ र हाम्रो फिल्म चाँडै आउँछ, दुई जनाको नाम जोड्नुपर्छ जस्तो लाग्दैन।'

काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय राम्रै चर्चा पायो ।

यी दुईबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्यो । तर, यसबारे नम्रताले प्रष्टीकरण दिएकी छन् ।

एक कार्यक्रममा बोल्दै उनले गसिपहरू झूठो रहेको बताइन् । ‘गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि हैन । यो सानो कुरालाई ठूलो बनाइएको हो’ उनले भनिन् ।

उनी भन्छिन्, ‘त्यो दिन एकजनाको बर्थडे थियो । म आउँदिन, मेरो फ्लाइट ढिला हुन्छ भनेको थिएँ । साढे ८ मा ल्याण्ड हुनुपर्ने फ्लाइट, १० बज्यो । अनि उहाँलाई लिन पठाउनुभएको थियो । बिचरा, कुरेर बस्नु भएको थियो, नखाएको विष लाग्यो । अफयेरको समाचारले म दुखी भएँ ।’

आफूहरूको फिल्म चाँडै आउन लागेकोले पुनः एकसाथ देखिनसक्ने जानकारी उनले दिइन् । ‘त्यसमा दुई जनाको नाम जोड्नुपर्छ जस्तो लाग्दैन मलाई, हामी एकदम मिल्ने साथी हौँ,’ उनले भनिन् ।

सोही कार्यक्रममा उपस्थित सलिनका साथी सलोन बस्नेतले यो समाचार सुनेपछि आफूहरू हाँसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?