+
+
Shares

ड्वेन जोन्सनको फिल्मलाई भेनिसमा १५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • के ड्वेन जोन्सनको पछिल्लो फिल्म ‘द स्म्यासिङ मेसिन’ले भेनिस फिल्म फेस्टिभलमा उच्च सम्मान पाएको छ।
  • फिल्म प्रिमियरमा दर्शकले १५ मिनेटसम्म उभिएर ताली बजाएपछि जोन्सनले खुसीका आँसु खसाले।
  • फिल्ममा जोन्सनले रेस्लर मार्क केरको भूमिका निर्वाह गरेका छन् र एमिली ब्लन्टले प्रेमिका डन स्टेपल्सको भूमिका निभाएकी छन्।

भेनिस (इटाली) । के ड्वेन जोन्सन अस्कर अवार्डतर्फ अघि बढेका हुन् ?

भेनिस फिल्म फेस्टिभलमा गएराति उनको पछिल्लो फिल्म ‘द स्म्यासिङ मेसिन’ले उच्च सम्मान पायो । यो फिल्ममा उनले रेस्लर मार्क केरको भूमिका निर्वाह गरेका छन् ।

लिडो हलमा दर्शकले १५ मिनेटसम्म उभिएर ताली बजाउँदा ५३ वर्षीय अभिनेताले खुसीका आँसु खसाले, जुन यस वर्षको महोत्सवमा अहिलेसम्मकै सबैभन्दा लामो स्ट्यान्डिङ ओभेसनको रुपमा थियो ।

व्यवसायिक रेस्लिङमा द रक भनेर चिनिने जोन्सनले ममी, ब्ल्याक एडम र बेवाचजस्ता सुपरहिट फिल्म दर्शकलाई दिएका छन् ।

फिल्ममा जोनसनले एमिली ब्लन्टको अपोजिटमा अभिनय गरेका छन्, जहाँ ब्लन्टले केरकी प्रेमिका डन स्टेपल्सको भूमिका निर्वाह गरेकी छन् ।

ताली बजाउने क्रममा, फिल्मका निर्देशक बेनी सफ्दीले आफ्ना दुवै स्टारलाई अँगालो हाले र ताली बजाउँदै गर्दा जोनसनसँगै खुसीको आँसु बगाए । प्रशंसा गुन्जँदै गर्दा केर पनि रोए ।

चर्को हुटिङ बढ्दै जाँदा, ‘द स्म्यासिङ मेसिन’ ४ वर्षअघि ब्रेन्डन फ्रेजरले ‘द व्हेल’को लागि आफ्नो अस्कर अभियान सुरु गरेपछि लिडोमा सबैभन्दा भावनात्मक प्रिमियर साबित भयो ।

स्क्रिनिङ सुरु हुनुभन्दा अगाडि, एक प्रशंसकले जोनसनको सिग्नेचर डायलग भन्दै चिच्चाए, ‘के तपाईं रकले के पकाउँदैछ भन्ने सुगन्ध पाउन सक्नुहुन्छ ?’

जोनसन फिल्म प्रिमियरको रातभरि खुसी देखिए । उनले युरोपको सबैभन्दा आकर्षक रेडकार्पेटमा फ्यानलाई अटोग्राफ दिए र सेल्फी खिचे ।

यस वर्षको ८२ औं संस्करणको भेनिस स्टारहरूले भरिएको छ जहाँ, जर्ज क्लुनीदेखि जुलिया रोबट्र्स, एम्मा स्टोनसम्म सहभागी छन् । जोनसन र ब्लन्टले महोत्सवको ए–लिस्ट कलाकारको सूचीमा आफूलाई उभ्याए, जसलाई अवार्ड सिजनको आधिकारिक सुरुवात भएको मानिन्छ ।

‘द स्म्यासिङ मेसिन’ बेनी सफ्दीको एकल फिचर निर्देशनमा डेब्यू हो । उनले यसअघि जेठो दाई जोशसँग “गुड टाइम“ र “अनकट जेम्स“जस्ता इन्डी फिल्ममा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?