
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय कमिटीमा पदाधिकारी नराख्ने निर्णय गरेको छ।
- पार्टीले निर्वाचन आयोगमा केन्द्रीय कमिटी क्रमशः अद्यावधिक गर्ने प्रक्रिया सुरु गर्नेछ।
- रुपन्देही–३ को निर्वाचनका लागि उम्मेदवार चयन अधिकार जिल्ला कमिटीलाई दिने निर्णय भएको छ।
१७ भदौ, काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारी थप गर्ने भएको छ । रञ्जिता श्रेष्ठको अध्यक्षतामा आइतबार र सोमबार बसेको बैठकले १९ पदाधिकारी राख्ने निर्णय गरेको हो। हाल एक अध्यक्ष र बाँकी २० केन्द्रीय सदस्य रहेको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा दर्ता छ ।
यसलाई विस्तार गर्दै पदाधिकारी थप्ने र केन्द्रीय समितिलाई २०१ सदस्यीय बनाउने निर्णय बैठकले गरेको छ ।
संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम अद्यावधिक गर्ने क्रम जनप्रतिनिधिहरुबाट सुरु हुने बताए।
उनले भने,‘सबभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्छौं । त्यसपछि संघ र प्रदेशका सांसद गराएपछि केन्द्रीय सदस्यहरुलाई सम्पर्कमा आउन आह्वान गर्छौ।’ निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा अद्यावधिक हुन सकेको छैन । रेशम पक्षले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णयलाई मान्यता दिएको छैन । पण्डितका अनुसार अद्यावधिकको कार्य क्रमशः गरिने छ।
पार्टी बैठक आव्हान गरेर नाम अद्यावधिक गराउन अध्यक्ष रञ्जिताले चासो नदिएको भन्दै रेशम पक्ष उनीसँग रुष्ट भएको थियो । निर्वाचन आयोगले अध्यक्षको मान्यता रञ्जितालाई दिएपछि उनले बैठक डाकेर विधान संशोधन गर्ने र अद्यावधिक गर्ने निर्णय गराएकी हुन्। विधान संशोधन पार्टीको केन्द्रीय समितिको दुई तिहाई मतले मात्रै सम्भव हुन्छ।
विधान संशोधनका लागि दुई तिहाई संख्या पुग्ने पण्डितले दाबी गरे । उनले भने,‘दुई तिहाई आरामले पुग्छ । किनकी, अद्यावधिक गराउन नचाहने कोही हुनुहुन्न् ।’ रञ्जिताले बोलाएको बैठकमा १३ जना उपस्थित भएको र उपस्थित नभएकाहले पनि निर्णयमा समर्थन गर्ने जानकारी दिएको पण्डितले अनलाइनखबरसँग बताए ।
नाउपाको विधान अनुसार २०१ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । संस्थापक २१ जना केन्द्रीय सदस्य मध्ये हाल क्रियाशील १६ जना रहेका छन् । दुई दिन बसेको बैठकले एकैपटकमा २०१ जना केन्द्रीय सदस्य नबनाई क्रमशः थप्दै जाने निर्णय लिएको छ।
केन्द्रीय सदस्य हुनका लागि दस्तुर बुझाएका तर कमिटीमा समावेश हुन नसकेकाहरुलाई प्रमाण सहित सम्पर्कका लागि आव्हान गरिने पण्डितले जानकारी गराए। ‘कतिले छोड्नुभएको होला, कतिलाई आउन मन नहोला। त्यो छानबिन गर्छौ र जिम्मेवारी बाँडफाँड गर्छौं । विभागको जिम्मेवारी दिन्छौं ।’
बैठकले रुपन्देही–३ को निर्वाचनमा नाउपाबाट उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिने निर्णय गरिएको छ । नाउपाका दुई पक्षको विवादले उपनिर्वाचनका लागि नाउपा दर्ता भएको छैन। दुवै पक्षले उम्मेदवार उठाउँदा ढकिया चुनाव चिन्ह पाउने छैनन्।
स्वतन्त्र रुपमा उम्मेदवार उठाउन रेशमपक्षले तयारी गरेको छ। डा.सरोजसिंह चौधरी र डा. उमाशंकर चौधरीमध्ये एकलाई उम्मदेवार बनाउने तयारी रेशम पक्षको छ । यता, रञ्जिता पक्षले उम्मेदवार छान्ने जिम्मेवारी रुपन्देही कमिटीलाई दिएको छ। रेशम पक्षले अघि सारेकै उम्मेदवारलाई जिल्ला कमिटीले स्विकार नगर्ने पण्डितले दाबी गरे ।
बेठकले संगठन विभाग प्रमुखमा लक्ष्मण किशोर चौधरी र प्रवक्तामा दामोदर पण्डितलाई नियुक्त गरेको छ ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ । सं.
प्रतिक्रिया 4