+
+
Shares

यस्तो बन्ने भयो एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

जारी बन्द सत्रमा विधान संशोधनसहितको प्रस्ताव पेस हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १७:०५

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

जारी बन्द सत्रमा विधान संशोधनसहितको प्रस्ताव पेस हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो ।

त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए ।

उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २५१ बाट बढाएर ३०१ जनाको बनाइएको छ ।

यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना :

१) पदाधिकारी   (१९)जना

–अध्यक्ष  : १

–उपाध्यक्ष : ५

–महासचिव : १

–उपमहासचिव : ३

–सचिव – ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना

–खुला :  ५

–महिला : ३

–युवा : १

३)  खुला कोटा (१२५ ) जना

–खुला : ७१

–महिला : ५२

–युवा : २

४) जनजाति / आदिवासी  ( २५) जना

–आदिवासी–जनजाति :

–खुला : १५

–महिला : ८

–युवा : २

५) मधेशी (२०) जना

–मधेशी :

–खुला : ११

–महिला : ६

–युवा : २

६) प्रवास (२) जना

–भारत : १

–अन्य देश : १

७) श्रमिक (३) जना

–खुला : २

–महिला : १

८) अपाङ्गता भएका व्यक्ति (१) जना

– खुला : १

९) दलित   (१२) जना

–खुला : ७

–महिला : ४

–युवा : १

१०) थारु  (८) जना

–खुला : ५

–महिला : ३

११) मुस्लिम  (५) जना

–खुला : ४

–महिला : १

१२) थारु  (८) जना

–खुला : ५

–महिला : ३

१३) पिछडिएको क्षेत्र  (२) जना

–खुला : १

–महिला : १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?