+
+
Shares

केन्द्रीय कमिटीमा कर्ण थापाले बोल्न खोज्दा ओलीले रोके

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २१:५०

६ साउन, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राखिसकेपछि थापाले ‘केही कुरा राख्छु’ भनेका थिए ।

तर, ओलीले उनलाई रोके । बैठक स्रोतका अनुसार, ‘पहिला म बैठकका निर्णय सुनाउँछु’ भन्दै ओलीले रोकेका थिए ।

त्यसपछि अहिले ओलीले सम्बोधन गरिरहेका छन् ।

हिजोबाट जारी केन्द्रीय समिति बैठकमा ओलीले बोलिसकेपछि बैठक समापन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?